धौलागिरी १ मा माओवादी केन्द्र बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 5291 पटक पढिएको

धौलागिरी गाउँपालीका १ गुर्जाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् । माओवादी केन्द्रका झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ ।

सदस्यहरुमा माओवादी केन्द्रका तिन र एक जना राप्रपाका उमेद्वार बिजयी भएका छन् ।

माओवादी केन्द्रकी सिता कुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी बिक(२५२), सदस्यमा तारामान बिक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर बिजयी हुनुभएको निर्वाचीत हुनुभएको छ ।

गुर्जाबाट गाउँपालीकाको अध्यक्षमा एमालेकी थमसरा पुनलाई ७६, माओवादी केन्द्रका रिमप्रकाश थापालाई २३४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीलाई १५४ र एमालेका रेशम छन्त्याललाई १६७ मत प्राप्त भएको छ ।