धौलागिरी गाउँपालीका २ लुलाङमा एमाले बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 2083 पटक पढिएको

म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङमा नेकपा एमालेका उमेद्वार गमप्रसाद बिकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघिनै एमालेकी सुवादेवी पुर्जा निर्बीरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा बिक र सदस्यमा एमालेका मोतिप्रसाद पाईजा निर्वाचित हुनुभएको छ ।

वडा अध्यक्षमा माओवादी केन्द्रका प्रत्यासी जंगबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ । ९३६ जना मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । १ र २ नम्बर वडाको मत गणाना हुँदा धौलागिरी गाउँपालीका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेकी थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ