मुस्ताङमा एमाले,काँग्रेस र सोतन्त्र उम्मेदवारको जीत

  • २ जेष्ठ २०७४, मंगलवार
  • सुन्दर कुमार थकाली
  • 1557 पटक पढिएको

मुस्ताङको ५ स्थानीयतह मध्ये ३ स्थानीयतहमा एमाले,काग्रेस र सोतन्त्रका उम्मेदवारले जीत हासिल गरेका छन् ।सदरमुकाम जोमसोम जोडिएको घरपझोङ गाउँपालिकामा ने.क.पा. एमालेका उम्मेदवार आश बहादुर थकालीले ४५४ मत प्राप्त गरि बिजयी भएका छन्।उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका बिजय हिराचनले ४१७ मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा एमालेकी शर्मिला गुरुङले ७०७ मत प्राप्त गरि भारी अन्तरले बिजयी भएकी छिन् ।उनकी प्रतिद्धन्दी नेपाली काग्रेसकी पूष्पा शेरचनले २१५ मत प्राप्त गरेकी थिईन् ।


लोमान्थाङ गाउँपालिकामा नेपाली काग्रेसका सुवर्ण कुमार बिष्टले कुलमत सकिदाँ प्रतिद्धन्द्धीलाई १०८ मत अन्तरले पछाडी पार्दे बिजयी भएका छन् ,उपाध्यक्षमा नेपाली काग्रेसकी पेमा डोल्मा बिष्ट बिजयी भएकी छिन् ।त्यस्तै,दालोमे गाउँपालिकाको मतगणना अनुसार सोतन्त्र उम्मेदवार लोप्साङ छोम्फेल (राजु)बिष्टले ७५५ मत प्राप्त गरि अत्यधिक बहुमतले बिजय भएका छन् ।उनका प्रतिद्धन्दी नेपाली काग्रेसका तेन्जिङ गुरुङले २०३ मत प्राप्त गरे ।दालोमे गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी ढोका गुरुङले ६०० मत प्राप्त गरि बिजयी भएकी छिन् ।उनका निकटम् प्रतिद्धन्दी कचाङ छुटेन गुरुङले ३२२ मत प्राप्त गरेकी थिईन् ।बाह्गाउँमूक्तिक्षेत्र गाउँपालिका र थासाङ गाउँपालिकाको मतगणना अन्तिम चरणमा पूगेको छ ।मतगणना सुरु हुन अघि ५ स्थानीयतहमा मतदान प्रक्रियाका बारे सर्वदलिय बैठक बसेको थियो

सुन्दर कुमार थकाली