अन्नपूर्णमा काँग्रेसले खाता खोल्यो, प्रमुखमा एमालेलाई उछिन्यो

  • २ जेष्ठ २०७४, मंगलवार
  • 4559 पटक पढिएको

अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । हिजोदेखि एमालेले निरन्तर अग्रता कायमै राख्दै आएको अन्नपूर्णको वडा नं ४ नारच्याङको मतगणना सम्पन्नपछि काँग्रेसले एमालेलाई पछि पारेको हो ।

निर्वाचन अधिकृतको कार्यालय पोखरेबगरले दिएको जानकारी अनुसार, पछिल्लो मत परिणाम अनुसार काँग्रेसका क्या. डमबहादुर पुनले १३४३ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्धन्द्धी नारायण पुनले १२४३ मत ल्याएका छन् । माओबादीका कुलबीर राम्जालीले २३० मत ल्याएका छन् । वडा नं ४ नारच्याङमा वडा अध्यक्ष सहित प्यानलै विजयी भएको छ ।

काँग्रेसका उम्मेद्वार चन्द्रप्रकाश फगामी ५८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी एमालेका ओमलाल पुनले २८६ मत प्राप्त गरे । महिला सदस्यमा पवित्रा खड्का ५७३, दलित महिला सदस्यमा सुकमायाँ विक ५५५, खुल्ला सदस्यहरुमा नेकबहादुर तिलिजा ५२६, रुद्र बहादुर तिलिजा ५२० मत ल्याएर विजयी भएका छन् । नारच्याङमा ९२४ मत खसेको थियो ।