रघुगंगा–२को वडाअध्यक्षमा रिम कटुवालको पराकिलो अग्रता

  • २ जेष्ठ २०७४, मंगलवार
  • 4286 पटक पढिएको

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रिम कटुवालले अग्रता लिनुभएको छ ।  ६ सय मत गणना गरिसक्दा वडा अध्यक्षमा माओवादीका उम्म्मेदवार कटुवालले ४०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्धी  नरसिंह खत्रीले १९० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि गाउँपालिका प्रमुखमा वडा नम्बर दुईमा पनि काँग्रेसका उम्मेदवार भबबहादुर भण्डारीले नै अग्रता लिनुभएको छ । उहाँले भगवतीमा हालसम्म ३४२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्धी एमाले–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका खिम शाहीले २६८ मत प्राप्त गनुृभएको छ ।

वडा नम्बर दुईमा उपाध्यक्षमा भने एमाले–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हरि भण्डारीले अग्रता लिनुभएको छ । भण्डारीले ४०२ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्धी काँग्रेसका कमला तिलिजाले १६५ मत प्राप्त गर्नुभएको छ । वडा दुई भगवतीमा कुल १ हजार ७ सय ६ मत खसेको थियो । मतगणना जारी रहेको छ ।
हाल सम्म गाउँपालिका प्रमुखमा काँग्रेसका भण्डारीले ७७१ एमालेका शाहीले ५१८, उपप्रमुखमा माओवादीका भण्डारीले ६१९ र काँग्रेसकी तिलिजाले ५८४ मत प्राप्त गर्नुभएको छ । यस अघि रघुगंगा–१ बेगखोलामा नेपाली काँग्रेसका बिलबहादुर फगामी सहितको प्यानल बिजयी भएको छ ।