बेनी नगरपालिका ३ का स्वतन्त्र उम्मेदवार पदम पुनको विजय र्‍याली

  • २ जेष्ठ २०७४, मंगलवार
  • 4213 पटक पढिएको

म्याग्दी, २ जेठ । बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा निर्वाचित पदम पुनको   खुशियालीमा विजय   ¥याली मनाईएको छ । स्वतन्त्र उम्मेद्वारबाट उम्मेद्वार बनेका पुनले  ५१८ मत ल्याएर बिजय भएपछि उनका शुभचिन्तकले  विजय ¥याली मनाएका हुन ।  वडा नम्बर तिनको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई पछि पार्दै बिजयी भएका थिए ।


उनका प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४ सय २१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्र प्यानलबाट रत्न जिसी र एमालेबाट गेमबहादुर घर्तिमगर ,मनकुमारी पुन र हरिकला दमाई निर्वार्चित भएका छन् ।


स्वतन्त्र प्यानलको तर्फबाट चुनाब लडेको भकिम्लीका पदम पुन तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएपनि पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त हुनुहन्थ्यो ।
निर्वाचन कार्यालयबाट जाँतो चुनाब चिन्ह् लिएर चुनाब लडेका पुनले जनताले आफुलाई गरेको विश्वासलाई व्यबहादरमा उतारेर भकिम्ली र समग्र बेनी नगरपालिकाको विकास र समृद्धिमा सक्दो भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
जयन्ती माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुन २०५८ सालमा गाउँकै मुसुङडोले निमावीबाट सुरक्षाकर्मीले पक्राउ गरि दुईबर्ष जेल जिवन बिताएपछि २०६० सालमा शिक्षक पेशा छोडेर माओवादी जनयूद्धमा होमिएका हुन् ।
पुन अध्यक्ष रहेको जयन्ती माविमा अहिले करिव ३ करोडको लगानीमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग जुटाएर विद्यालयको भवन निर्माण भइरहेको छ । पुन गाउँको सडक, खानेपानी लगाएतका विकास निर्माण योजनाहरुमा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएका छन्  ।