ताजा अपडेट
नेपाल केन्यासँग ५ विकेटले पराजित
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गतकाे खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेकाे छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएकाे खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथड अनुसार २६ ओभरमा ९४ रन बनाउने लक्ष्य पाएको थियाे । जसलाई केन्याले ११ बल बाँकी छँदै ५ विकेटकाे क्षतिमा हासिल... पुरा पढ्नुहोस
उग्रता र हठले देशलाई दन्द्धमा धकेन्छ काँग्रेस नेता– डा. रिजाल
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई दन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धिनै नठानेर देखाएको उग्रता र... पुरा पढ्नुहोस
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन्। पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए। अध्यक्ष ओलीले भने–'अब यस्तो हुँदैन भनेर भारतलाई... पुरा पढ्नुहोस
म्याग्दीको दुर्गम भेगहरुमा भारी हिमपात
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दीको दुर्गम भेगमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपात भएसंगै चिसो पनि बढेको छ । गयरातीदेखि बर्षासंगै मल्कबाङ्ग, कुइने मंगले लगायत ठाउँहरुमा हिमपात भएको हो । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको स्थानीयबासीहरु बताउँछन् । हिमपात हुँदा ग्रामिण भेगका टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । [caption id="attachment_1768" align="alignnone" width="800"]... पुरा पढ्नुहोस
मौवाफाँट केन्द्र नतोके रघुगंगा गाउँपालिकाको निर्वाचन बहिस्कार गर्ने घोषणा
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले निर्वाचन बहिस्कार गर्ने भएको हो... पुरा पढ्नुहोस
बन्दका कारण जनजिवन प्रभावित
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको बिरोधमा नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण शनिबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यसैगरी दिनभरजसो बेनीका पसलहरु समेत बन्द... पुरा पढ्नुहोस
स्वाईन फिभर रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । म्याग्दीको बेनीमा शनिबार बंगुरमा लाग्ने स्वाईन फिभर रोग नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रममा बंगुरपालक कृषक र पशु सेवा प्राबिधिकहरुबीच स्वाईन फिभर रोगको कारण, लक्षण, उपचार बिधी र रोकथामका उपायका विषयमा छलफल... पुरा पढ्नुहोस
थकाली समुदायमा तोरन ल्हको रौनक
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । थकाली समुदायले फागु पुर्णीमाको अवसरमा तोरन ल्ह पर्व मनाउने गर्दछन् । तिन दिनसम्म मनाउने यस पर्वलाई थकाली समुदायको सबैभन्दा ठूलो चाड मानिन्छ । तोरन ल्ह मनाउन घरबाहीर र बिदेशमा रहेका... पुरा पढ्नुहोस
बर्षा र हिमपातले जनजिवन कष्टकर
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । भरी र हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजिवन कष्टकर बनेको छ । म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङमा शुक्रबार बिहानै देखिको झरी र हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो । म्याग्दीको गुर्जा, घोडेपानी, राम्चे, लुलाङ लगायत उच्च पहाडी बस्तीहरुमा हिमपात भएको छ । डेढ फिटसम्म... पुरा पढ्नुहोस
मोनालाई ई–पुस्तकालयको सम्बन्धमा मेरो सुझाव
- 8 बर्ष, 1 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
( म्याग्दी प्रवासी नेपाली संघ, कार्यकारी समिती कतारले गर्न लागेको आठौं अधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । र विशेष तिलु शर्मा पौडेलज्युलाई मलाई आफ्नो विचार राख्ने सल्लाह दिनुभएकोमा विशेष धन्यवाद दिन चाहान्छु । मैले मोना म्याग्दीले गर्दै आएका समाजिक कामलाई सामाजिक सञ्जालमार्फत केहि समयदेखि अवलोकन गरिरहेको छु... पुरा पढ्नुहोस