अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने

  • ३० जेष्ठ २०७४, मंगलवार
  • 2100 पटक पढिएको

३० जेठ।ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग  रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।

गृहमन्त्रालयमा  मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।

सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला गृहमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर सो निर्देशन दिएका हुन् ।  यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय  लिएर छाड्ने कार्य प्रहरीले गत जेठ १६ गतेदेखि गर्दै आएको थियो ।

गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।

source; ratopati