प्रविधियुक्त प्रयोगात्मक गुणस्तरीय शिक्षामा बुद्ध एकेडेमीको जोड

  • ३० जेष्ठ २०७४, मंगलवार
  • धु्रबसागर शर्मा
  • 2149 पटक पढिएको

म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले प्रविधियुक्त प्रयोगात्मक गुणस्तरीय शिक्षामा जोड दिने भएको छ ।विद्यालयको भौतिक संरचनालाई समेत प्रविधयुक्त बनाउँदै आएको विद्यालयले कम्प्यूटर ल्याव,साइन्स ल्याव,पुस्तकालयलाई व्यवस्थित र प्रविधियुक्त बनाउँदै दण्डरहित र बालमैत्री वातावरणमा प्रयोगात्मक विधिद्धारा गुणस्तरीय शिक्षामा जोड दिने निर्णय गरेको छ ।


विद्यालयमा कक्षागत अभिभावकहरुसंग आयोजना गरिएको वृहत छलफल कार्यक्रममा यस्तो निर्णय गरिएको हो । विद्यालयको भौतिक संरचना समेत बालमैत्री रहेको,विद्यालयको पुस्तकालय,कम्प्यूटर ल्याब,साइन्स ल्याब अत्यन्त व्यवस्थित रुपमा आधुनिक तरिकाले संचालन भएकोले आवश्यक थप प्रविधि,पूर्वाधार र संरचना प्रयोग गरी विद्यालयलाई नमूना विद्यालय बनाउनु पर्ने छलफल कार्यक्रममा सहभागि अभिभावकहरुले बताएका छन् ।


करिब ५ सय जना विद्यार्थी अध्ययनरत बुद्ध एकेडेमीलाई प्रविधियुक्त प्रयोगात्मक गुणस्तरीय शिक्षाको नमूना विद्यालय बनाउने अभियानमा अभिभावकहरुले पनि रचनात्मक सहयोग गर्नुपर्ने अभिभावक भेषनाथ गौतमले बताउनुभयो ।


विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद शेढाईले समयानुकुल गुणस्तरीय र प्रविधियुक्त प्रयोगात्मक शिक्षा विद्यालयका संचालकहरुको पनि प्राथमिकतामा रहेकोले आफूलाई काम गर्न सहज भएको बताउँदै अभिभावक र विद्यार्थीहरुको चाहना अनुसार विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रतिवद्ध रहेको जानकारी गराउनुभएको थियो ।

धु्रबसागर शर्मा