जसले बाटोमै गाएर जीन्दगी चलाउछन् (फोटोफिचर)

  • ३० जेष्ठ २०७४, मंगलवार
  • 4034 पटक पढिएको

धिरन खत्री÷म्याग्दी, ३० जेठ। मान्छेको जीवन जिउने कला समाजमा फरक फरक हुन्छ । समाजमा मान्छेले आफुलाई आत्मनिर्भर बनाउन कृषि, ब्यापार, शिक्षण, उद्योग लगायतको पेशा संचालन गरेर आफ्नो गुजारा चलाईरहेका हुन्छन् ।


त्यस्तै दृष्टिविहिन भएर पनि समाज आफुलाई स्वाभलम्वि रुपमा प्रस्तुत गर्दै सेतो लठ्ठीको शाहारामा गित गाउँदै म्याग्दी आईपुगेका नवलपरासि बद्रीघाटका दृष्टिविहिन रामदेव यादव, विष्णुप्रसाद ढकाल र इन्दिरा थापाको यात्रा कथा जस्तो लाग्न सक्छ । तर उनीहरुको संघर्षको कहानी कथाको रुपमा होइन जहाँ पुग्छन् त्यँहा प्रेरणाको स्रोत बनीरहेका छन् । हाम्रो समाज आफुमा भएको क्षमता नचिनेर बाच्ने आधार खोज्दै विदेश हिड्ने दाजुभाई, समाजमा अपाङ्गता भएर कमजोर महशुस गर्ने दाजुभाई दिदिबहिनी र सवल र सक्षम मानवले अपाङग ब्यक्तिहरुलाई देखाउने ब्यवहारमा परिर्वतनका लागि प्रेरणाको माध्यमका रुपमा प्रस्तुत हुदै हिडिरहेका छन् ।


दृष्टिविहिन भएर के भयो आफुँमा भएको कला चिनेर प्रस्तुत गर्न सकेमा जीवन सजिलै  जिउन सकिन्छ भन्ने आत्मविश्वास लिएर गित गाउदै म्याग्दीको सदरमुकाम बेनीमा आईपुगेका दृष्टिविहिन रामदेव यादव बताउछन्।


समाजमा अपाङगता प्रति हुने परिभाषा, सवल मानवले अपाङ्ग मानवप्रति देखाउने  ब्यवहार र शिक्षाको अभावमा आफुलाई समाजमा कमजोर सावित गर्ने दाजुभाई दिदिवहिनीको प्रेरणाको लागि गित गाउँदै म्याग्दीको बेनीबजार आईपुगेका लुम्विनी सास्कृतिक टोलीका सदस्य रामदेव यादव बताउछन् । हामीले गित गाएर आफुमात्र बाचेका छैनौ हामीले “लुम्विनी दृष्टिविहिन संघ” मा आवद्ध अन्य दृष्टिविहिन सदस्यहरुको लागि पनि कोष खडा गर्न आफ्नो क्षमतालाई प्रस्तुत गर्दै जति दिन्छन त्यति सहयोग लिदै आएको बताउछन् ।


“जीवनमा हामीले संसार नदेखेपनि संसारले हामीलाई देखेको छ। त्यसैले दृष्टिविहिनको आवाजलाई गितमार्फत प्रस्तुत गर्न पुर्वको मेचि देखि पश्चिमको महाकाली साङ्गितिक यात्रा लिएर  हिडिरहेका छौ ”यादवले भने ।


चार दिन देखि सदरमुकाम बेनी चोकचोकमा गित गाउदै हिडेका लुम्विनि दृष्टिविहिन सास्कृतिक टोली मंगलबार गणेश टोलमा बसेर गाउदै थिए । टोलीका  दृष्टिविहिन गायक विष्णुप्रसाद ढकालले जीवनमा आधारित गित सुनाए “ मनमा माया साच्नै मन छैन् दुवै आखाँ नदेख्ने भएर यो संसारमा बाच्नै मन छैन्।” उनीहरुको प्रस्तुत गरेको शब्दलाई आफुसंग तुलना गरेर हेरौ, उनीहरुको जीवन बाच्ने आधारित कलामा भएको शब्दले समाजमा सहयोग गर्ने भावनाको विकास गरिरहेको हुँन्छ ।


आफुँमा भएको कलालाई प्रस्तुत गर्न सके परिश्रमको प्रतिफल अवस्य प्राप्त हुने  टोलीको सदस्य इन्दिरा थापा बताउछिन् ।
त्यस्तै “उठ बिऊझँ अपाङ्ग दाजुभाई, भाले बास्यो उज्यालो भईसक्यो” भन्ने मार्मिक शब्दहरु गायनमार्फत पस्तुत गर्दा कसलाई सहयोग गर्ने मन नआउला ??? उनीहरु केवल एक पात्र हुन् । हामीलाई थाहा छ, झमककुमारीको उनको शारिरिक अवस्थाले होईन उनको आत्मविश्वास, उनको रचना र उनीमा भएको उतकृष्ट क्षमतालाई पढ्दा हामीले उनको अपाङ्गताको परिचय पाउदैनौँ ।


उनीहरुले यो चर्को गर्मिमा गाडी हिड्ने सडकमा आखाले देख्दैन् । तर सेतो लठ्ठीको साहारामा जीवनलाई सवल मानवको रुपमा प्रस्तुत गरिरहेका छन् । चर्कोमा घाममा चोकमा बसेर गित गाएर दिनको एकहजार देखि एक हजार ५ सय रुपैयाँ जति संकलन हुने सदस्य यादव बताउछन् ।