दरवाङमा नयाँ सहकारी संस्था स्थापना

  • २९ जेष्ठ २०७४, सोमबार
  • 1665 पटक पढिएको

म्याग्दी, २९ जेठ । मालीका गाउँपालीका ६ दरवाङ बजारमा नयाँ सहकारी संस्था स्थापना भएको छ । हाल स्थापना भएको नवमालिका बचत तथा ऋण सहकारी संस्थाको शनिबार दरवाङमा सम्पन्न प्रथम साधारणसभाले मेखबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा जगबहादुर श्रीपाली, सचिवमा छेमबहादुर बिक, कोषाध्यक्षमा पविना गुरुङ र सहसचिवमा दिनमान गौचन रहनुभएको छ । सदस्यहरुमा कर्णबहादुर बिक, गुना जुक्जाली, बेलकुमारी सिंथानी, मनबहादुर सार्की, सपना जुक्जाली रहनुभएको छ ।

राजेश थापाको संयोजकत्वमा श्रीप्रसाद बुढा र बिनीता भण्डारी सदस्य रहनुभएको लेखा समिति, पदमबहादुर पूर्जाको संयोजकत्वमा रामबहादुर अधिकारी, मुना जुक्जाली, निशान कडेल र मिमसरा केसी सदस्य रहनुभएको ऋण उपसमिति गठन भएको छ ।

सदरमुकाम बेनी पछिको दोस्रो ब्यापारीक र मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा यसअघि दुई वटा बैङ्कका शाखा, राष्ट्रिय बाणिज्य बैङ्कको काउन्टरका साथै करिब दश वटा सहकारी संस्थाले बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानीको सेवा दिदै आएका थिए ।