मकैबारीमा गरेको खर्बुजा खेतीबाट आकषर्क कमाई

  • २९ जेष्ठ २०७४, सोमबार
  • धिरन खत्री
  • 3444 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भिमबहादुर बानियाँले खर्वुजा खेतीबाट आकर्षक आम्दानी गर्न सफल भएका छन् । बानियाँले  ब्यवसायिक रुपमा  चारबर्षदेखि खर्वुजा खेती गर्दै आएका हुन् ।


६ रोपनी खेतमा मकैसंग खर्वुजा खेती गर्नुभएका बानियाँले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताए । उनले गतबर्ष एक रोपनी खेतमा गरेको खर्वुजा खेतीबाट एकलाख  २० हजार आम्दानी गर्न सफल  भएका थिए । भने अहिले साढे दुईलाख आम्दानी हुने उनले बताए । उत्पादन भएको आधा जति विक्रि भईसकेको  जानकारी दिए ।


उनँले नजिकको बेनीबजारमा लगेर प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममा खर्बुजा विक्रि गरेका छन् । सिचाई र मल राम्रोसंग दिन सकेमा खर्बुजा ३ केजी देखि १० केजीसम्म बनाउन सकिने बानियाँले अनुभव छ । तराईतिरको खर्बुजा आयातले बजारमा सोचेजस्तो बजार मूल्य पाउन नसकेको गुनासो छ ।


लगभग एकदशक बराईनमा विताएर राम्रो कमाई नभएपछि फर्किएका भिमबहादुर बानियाँको दिनचर्या फेरिएको छ। खर्बुजासंगै तरकारी खेतीबाट परिवारको खर्च राम्रोसंग चलेको उनले बताए ।


जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा उपलब्ध भएको बिउ लिएर बगर खेती रुपमा खर्वुजा खेती सुरु गर्नुभएका बानियाँले आगामी बर्ष थप जग्गामा लगाउने योजना रहेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l