ताजा अपडेट

रघुगंगाको मतगणनामा ढिलाई

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा वअध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्यालले निर्वाचन अधिकृतको कार्यालयमा आईतवारको मतदान बदर गरि पुन निर्वाचन गराउन निवेदन दिएपछि रघुगंगा गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन् । सो वडामा एमाले, माओवादी केन्द्र र राप्रपाले... पुरा पढ्नुहोस

दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु

म्याग्दी, १ जेठ । दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु भएको छ । मालीका १ निस्कोटबाट मतगणाना सुरु भएको हो । यस्तै मंगला गाउँपालीकाको १ नम्बर वडा कुहुँको बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ । रघुगंगा गाउँपालीकाको मतगणानाको तयारी भएको छ । पाखापानी स्थित निर्वाचन अधिकृतको कार्यालयमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी

म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् । दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर... पुरा पढ्नुहोस

बेनी नगरपालीकाको मतगणाना सुरु

म्याग्दी १ जेठ । बेनी नगरपालीकाको मत गणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा आईतबार राती ११ बजेदेखि मतगणना सुरु भएको हो । मतगणना सुरु हुनुअघि राजनितिक दलहरुसंग सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले मतगणना निर्देशीका र कार्यबिधीको बारेमा... पुरा पढ्नुहोस

म्याग्दीमा ४८ हजार ३ सय १८ मत खस्यो

बैशाख ३१ गते । म्याग्दीमा आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिकामा गरि कुल ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा १८ हजार... पुरा पढ्नुहोस

रघुगंगामा ६६ प्रतिशत मत खस्यो

म्याग्दी, ३१ वैशाख । आईतवार भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा ६६ दशमलब ७२ प्रतिशत मत खसेको छ । कुल ११ हजार ५६३ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ९ सय ५० जनाले मतदान गरेको गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुँईकेलले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक बिकटताको कारण... पुरा पढ्नुहोस

मुस्ताङमा ८० प्रतिशत मत खस्यो,मतगणना भोली बिहान ८ बजे –

हिमालपारी मुस्ताङका ५ स्थानीयतह अन्तर्गत ३७ मतदानकेन्द्रमा कुलमतदाता ८ हजार २ सय ६३ मध्ये ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारभ्कि अनुमान छ । मतदान सौहाद्रपूर्ण वातावरणमा संम्पन्न भएको छ । लोमान्थाङ गाउँपालिकामा ९० प्रतिशत ,दालोमे गाउँपालिकामा ८० प्रतिशत,बाह्गाउँ मूक्तिक्षेत्रमा ८० प्रतिशत,घरपझोङ गाउँपालिकामा ७८ प्रतिशत र थासाङ गाउँपालिकामा ८०... पुरा पढ्नुहोस

४९ हजार ३ सय ३७ उम्मेदवारको भविष्य मतपेटिकामा कैद !

बैशाख ३१, काठमाडौं– सिंहदरवारको अधिकार गाउँ लैजाने स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ । प्रदेश नम्वर , ३, ४ र ६ का दुई सय ८३ तहमा स्थानीय तहको चुनाव आज सम्पन्न भएको छ । यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचन आईतवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा भएको स्थानीय तह निर्वाचन जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।  विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म जिल्लाको ७२ मतदान स्थलमा रहेका १०२ निर्वाचन... पुरा पढ्नुहोस

म्याग्दीमा साठी प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा हालसम्म करिब साढी प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको र शान्तिपूर्ण बातावरणमा नै निर्वाचन भईरहेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो  । उहाँका अनुसार... पुरा पढ्नुहोस