संगमचोक देखि कालीगण्डकी जाने पक्कि बाटो निर्माण

  • २४ असार २०७४, शनिबार
  • 2405 पटक पढिएको

म्याग्दी,२४ असार । बेनी नगरपालीका ७ को संगमचोक देखि कालीगण्डकी नदीतर्फ जाने पक्कि बाटो निर्माण भएको छ ।


बेनी नगरपालीकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा १४२.५ फिट पिसीसी ढलान गरेर बाटो निर्माण गरिएको हो । नगरपालीकाको ९८ हजार रुपैया अनुदान र उपभोक्ताको २० हजार २५२ रुपैया बराबरको सहभागीतामा बाटो निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

सवा छ देखि ८ फिट चौडाई भएको बाटो निर्माण भएपछि संगमचोक देखि जेसीज भवन हुदै कालीगण्डकीमा स्नानका लागि जाने भक्तजन र सर्वसाधारणलाई आवत जावत गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।