जन्मदिनको अवसरमा सहयोग

  • २३ असार २०७४, शुक्रबार
  • 2223 पटक पढिएको

राकेश शर्मा म्याग्दी, २३असार ।बेनी नगरपालिका ८ का एक दम्पतीले छोरीको जन्म दिनको अवसरमा बाल गृहलाई विहिबार सहयोग गरेका छन् ।


सागर गबुर्जा र बेबीना गबुर्जाको छोरी बिसीकाको २ बर्ष पुरा भएको अवसर पारेर सहयोग गरेका हुन । करिब साढे पाँच हजार बराबरको खाद्यान्न चामल, दाल र खाजाको सामान सहयोग गरेका थिए । सहयोग कार्यक्रममा बाल संगठनका अध्यक्ष नेत्र बहादुर महतले जन्मदिनको अवसरमा गरेको सहयोगले बालगृहका बालबालिकाको लागि सहयोग पुग्ने बताउनुभयो । सहयोग हस्तारण गर्दै गबुर्जाले आफनो छोरीको जन्मदिनको खर्च बाल गृहमा रहेका बालबालिकालाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । अन्य दिनहरुमा पनि यस्तै सहयोग गर्दै जाने धारणा ब्यक्त गरिन् ।