तोकिए भन्दा वढी भाडा लिए कारवाही गर्ने अन्नपूर्ण गाउँपालिकाको चेतावनी
- २४ असार २०७४, शनिबार
- 6115 पटक पढिएको
म्याग्दी, २४ असार । बर्खायामसंगै ठाउँठाउँमा खसेको पहिरोको कारण यात्रुहरुलाई सवारी परिवर्तन गर्नुपर्ने झण्झट भएको छ भने त्यही मौका छोपेर सवारी चालकले चर्को भाडा असुली गरेको गुनासो बढेको छ ।
बेनी–जोमसोक सडक खण्ड अन्र्तगत अन्नपूर्ण गाउँपालिका– १ दोबा जाने पुल नजीकै भिरकाटेमा कालिगण्डकी नदीले सडक बगाएपछि यस सडकखण्डमा सिधा सवारी अबरुद्ध बनेको छ । सिधा सवारी अबरुद्ध बनेर सवारी साधन परिवर्तन गरि यात्रा गर्दा चालकहरुले भाडादर बढाएको गुनासो बढेको हो ।
यात्रुहरुबाट चर्कोभाडा असुल गरेको गुनासो बढेको भन्दै अन्नपूर्ण गाउँपालिका कार्यालयले यात्रुहरुबाट निर्धारण गरेभन्दा बढी भाडा असुल गरेको पाईएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिवार वसेको गाउँकार्यपालिकाको वैठकले यातायात व्यवसायीहरुलाई तोकिएको भन्दा वढी भाडा नलिन र यात्रुहरुलाई पनि बढी भाडा नदिन अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनद्धारा हस्ताक्षर गरि सार्वजनिक गरिएको सार्वजनिक सुचनामा कसैले तोकिएको दर भन्दा वढी भाडा असुल गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने उल्लेख गरिएको छ ।
Good job