पत्रकार गौतम पुरस्कृत

  • २३ असार २०७४, शुक्रबार
  • 3667 पटक पढिएको

 

म्याग्दी,२३ असार । म्याग्दीका पत्रकार सन्तोष गौतम शुक्रबार काठमाडौमा पुरस्कृत भएका छन् । कृषि सूचना तथा सञ्चार केन्द्रको स्वर्णजयन्तीको अवसरमा गौतम लगायत देशभरका १७ जना पत्रकार तथा सञ्चार माध्यमलाई पुरस्कृत गरिएको हो ।

पश्चिमाञ्चल विकास क्षेत्रबाट रेडियो पत्रकारीता मार्फत कृषि प्रबिधिको प्रचारप्रसारमा योगदान गरेवापत बेनीको म्याग्दीकाली एफ एमका बरिष्ठ सम्बाददाता गौतमले सात हजार रुपैया राशीको पुरस्कार प्राप्त गर्नुभएको हो ।एक दशकदेखि म्याग्दीमा रहेर पत्रकारीतामा क्रियाशिल गौतम म्याग्दी काली एफ एमका अलावा सगरमाथा टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), धौलागिरी टेलिभिजन, नवविकल्प साप्ताहीक लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

पश्चिमाञ्चलबाट टेलिभिजनतर्फ पोखराको गण्डकी मिडीया हाउसका घनश्याम पाण्डे र पत्रीकातर्फ पोखराकै आरसी टाईम्सका डाक्टर रामचन्द्र बराल पुरस्कृत हुनुभएको छ ।काठमाडौमा आयोजित बिशेष समारोहमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरप्रसाद रिजाल, पशुपंक्ष विकास मन्त्रालयका सचिव युवकध्वज जिसी र केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले कृषि पत्रकार, केन्द्रका पुर्व प्रमुख र कर्मचारीहरुलाई पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।कृषि विकास मन्त्रालय अन्तरगत पचास वर्षअघि स्थापना भएको कृषि सूचना तथा सञ्चार केन्द्रले प्रकाशन, रेडियो र टेलीभिजन कार्यक्रम उत्पादन, अनलाईन, मोवाईल मार्फत कृषि प्रबिधिको प्रचारप्रसारको काम गर्दै आएको छ ।