म्याग्दी समाचार

पुलाचौर र कुहुँमा राजमोको चुनाव प्रचार समिति गठन

राष्ट्रिय जनमोर्चा म्याग्दीले बेनी नगरपालीका ५ पुलाचौर र मंगला गाउँपालीका १ कुहुँमा वडा कमिटि गठन गरेको छ । प्रेमबहादुर दर्जीको अध्यक्षतामा पुलाचौरमा गठन भएको कमिटीको उपाध्यक्षमा हिराबहादुर दर्जी, सचिवमा हर्कबहादुर दर्जी, कोषाध्यक्षमा बलबहादुर दर्जी, सदस्यमा योगेन्द्र परियार र लक्ष्मी परियार रहनुभएको छ । यसैगरी कुहुँमा टेकमान रसाईलीको अध्यक्षतामा गठन भएको... पुरा पढ्नुहोस

बेनपा ९ मा राप्रपाको वडा कार्यसमिति गठन

बेनी नगरपालीका ९ मा शनिबार पूर्णबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय राप्रपाको वडा कार्यसमिति गठन भएको छ । कमिटिको उपाध्यक्षमा यामबहादुर बानिया, सचिवमा नगेन्द्र बस्नेत, कोषाध्यक्षमा क्षेत्रबहादुर चोखाल र सहसचिवमा अर्जुन खत्री रहनुभएको छ । सदस्यहरुमा गोकर्ण खत्री, सिता खत्री, जितबहादुर कार्की, रामबहादुर जिसी, चक्रप्रसाद शेरचन, कुलबहादुर बस्नेत, भिमबहादुर नेपाली, खिमबहादुर... पुरा पढ्नुहोस

जलजला गाउँपालीकामा निर्वाचनको तयारी

पर्वत, ९ वैशाख । पर्वतका सुरक्षा अधिकारीहरुको टोलीले शनिबार जलजला गाउँपालीकामा स्थानीय तह निर्वाचनको तयारी र सुरक्षा बस्तु अवस्थाको बारेमा अध्ययन गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी, प्रहरी नायव उपरिक्षक शेखर खनाल, जिल्ला निर्वाचन अधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत कार्यालयका प्रमुखहरुको टोलीले गाउँपालीकाको कार्यालय मल्लाज... पुरा पढ्नुहोस

अपडेट : कागबेनीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

 मुस्ताङ  ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनीमा बस दुर्घटना, ३ को घटनास्थलमै मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनीभन्दा २ किलोमिटर अघि दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषलाई पाईजाको १ लाख १ हजार सहयोग

परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा पाखापानी–३ निवासी हाल बहराईनमा कार्यरत हिरा पाईजाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बहराईनको इलाईट लन्ड्रीमा कार्यरत पाईजा म्याग्दी उद्धार समिति बहराईनका संस्थापक सदस्य समेत हुन् । समाजसेवी, इमान्दार र मेहनती पाईजाले कोषको अक्षय... पुरा पढ्नुहोस

ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

म्याग्दी, ९ वैशाख । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको  शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ ।  बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक... पुरा पढ्नुहोस

हाईड्रो भिलेज नारच्याङ्गमा १० जलविद्यूत आयोजना (फोटो फिचर)

म्याग्दी, ८ वैशाख । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत आयोजना भित्रिएका छन् ।  राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ्ग दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर रहेको कारण पर्यटकीय गाविसको रुपमा चिनिँदै आएपनि जलविद्युत आयोजनाहरु भित्रिएसंगै... पुरा पढ्नुहोस

पंचरत्न कम्पनीद्धारा एकदिने ब्यवसायिक कुखुरा तालिम बेनीमा

बेनी, ८ बैशाख । बेनीमा पंचरत्न फिड्स तथा ह्याचरी प्रालि चितवनको आयोजनामा   म्याग्दीका कृषकलाई ब्यवसायिक रुपमा कुखरा पालन सम्बन्धि तालिम दिएको  छ । पंचरत्न कम्पनीले कृषकले ब्यवसायिक रुपमा कुखुरा पालन गर्दा देखिने समस्यालाई समाधान गरि ब्यवसायिक  रुपमा सफल उद्यमी कृषकलाई बनाउन लागि तालिम आयोजना गरेको हो । पंचरत्न फिड्स प्रालिका... पुरा पढ्नुहोस