एमाले म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेदवार रिफारिस
- २० आश्विन २०७४, शुक्रबार
- 10649 पटक पढिएको
म्याग्दी २० असोज । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । विहिवार र शुक्रवार गरि दुई दिनसम्म बसेको एमाले जिल्ला कमिटीको बैठकले उम्मेदवारहरु बन्ने आकाँक्षीहरुबिच सहमती जुट्न नसकेपछि प्रदेश क्षेत्रीय कमिटीबाट उम्मेदवारको लागि सिफारिस भएर आएका सबैको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभामा एक र प्रदेशमा २ निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट एमालेले उम्मेदवारको छनौटको लागि २८ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारका लागि प्रदेश क्षेत्रनम्बर १ तर्फबाट प्रत्येक्ष उम्मेदवारमा ९ र प्रदेश २ नम्बर क्षेत्रबाट ५ जनाको नामावली सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधिसभामा समानुपातीकतर्फ ६ जना र प्रदेशसभातर्फ ८ जनाको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिब बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रदेश क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भएर आएका नामहरुलाई नै प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवार छनौटको लागि पार्टी प्रदेश र स्थायी कमिटीमा पठाईएको छ । एमालेले प्रदेशसभा क्षेत्र नम्बर १ बाट पत्यक्ष उम्मेदवारमा भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, दिपक कार्की, तर्कबहादुर कटुवाल, सन्तोष रावल, नारायण जिसी, गोविन्द पौडेल र लोकबहादुर भण्डारीलाई सिफारिस गरेको छ । त्यसैगरि २ नम्बर क्षेत्रमा प्रत्यक्ष उम्मेदवारमा नवराज शर्मा, नरदेवी पुन, बलभद्र ढकाल, याम गर्वुजा, रेशम भण्डारी लाई सिफारिस गरेको छ । दुबै क्षेत्रबाट आएका नामहरुबाटै प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवार चयन गर्ने गरि सिफासिर गरिएको एमाले म्याग्दीले जनाएको छ ।
एमाले म्याग्दीले प्रतिनिधिसभामा समानुपातीक तर्फ मुना बानीायँ, देउप्रसाद छन्तयाल, कृष्णकुमार विश्वकर्मा, यसोदा रोका, होमबहादुर थापा र केपी अधिकारीलाई सिफारिस गरेको छ भने प्रदेशसभा अन्र्तगत समानुपातीकमा पशुपती शाही, विष्णु गुरुङ,मिठु थापा, यामबहादुर खड्का, प्रेमप्रकाश रेग्मी, शंकर शेरचन, तेज गुरुङ र धनबहादुर गुरुङको नाम सिफारिस गरि पठाईएको जनाएको छ ।