बृहत बाम एकिकरण प्रकृयाको खुसीयालीमा चियापान तथा शुभकामना आदान प्रदान
- २१ आश्विन २०७४, शनिबार
- थम्मन थापा सन्देश
- 2865 पटक पढिएको
गलकोट बागलुङ २१ असोज । जिल्लाको गलकोट नगरपालिकामा बामपन्थी घटकहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तहमा बृहत बाम एकता सॅगै चुनावी तालमेल गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाॅ शक्ति पार्टी बिच भएको सहमति पछि गलकोटमा पनि विभिन्न राजनैतिक दलहरुले सामुहिक खुसियाली मनाएका हुन । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सम्पुर्ण दलका प्रमुखहरुले अब राष्ट्रव्यापी रुपमा सम्पुर्ण कम्युनिष्टहरु एकताबद्व हुॅदै सम्वृद्व राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन ।बाम एकता प्रकृयाले देशलाई अब सम्वृद्वि तर्फ उन्मुख गरेको र कसैको स्वार्थ र सत्ताको लागि यसलाई दुरुपयोग गर्न नहुने समेत सम्पुर्ण वक्ताहरुको भनाई रहेको थियो । सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रुद्र श्रीस, नेपाल राष्ट्रिय शिक्षक संगठनका गलकोट नगर संयोजक राम बहादुर खत्री, गलकोट नगर विकास समितिका अध्यक्ष चन्द्रदत्त रेग्मी, गलकोट नगरपालिका वडा नं १ का अध्यक्ष नेत्र बुढाथोकी, नयाॅ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य बम गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी र गण्डकी ब्युरो बाबुराम नेपाली, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, नेकपा एमाले स्थानिय विकास तथा संघिय मामिला विभागका केन्द्रिय सदस्य सुनिल शेरचन र नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज फमलाल निउरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी सहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाॅ शक्ति पार्टीका विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधि, नगर समितिका प्रमुख तथा प्रतिनिधि लगायतको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार यम बहादुर श्रीसको अध्यक्षता, नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका सचिव खिम साहानीको स्वागत र नेकपा एमाले गलकोट नगरपालिका संयोजक डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।