सच्चा वामपन्थीहरुको धु्रबीकरण अब हुन्छ: नेता गजुरेल
- २० आश्विन २०७४, शुक्रबार
- 2185 पटक पढिएको
म्याग्दी २० असोज । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनितीमा सच्चा कम्युनिष्ट र बामपन्थीहरुको धु्रवीकरण हुने बताउनुभएको छ । शुक्रवार बेनीमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता गजुरेलले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमती दक्षिणपन्थीहरुको गठनबन्धन भएको जिकिर गर्दै सच्चा कम्युनिष्टहरुको धु्रवीकरण आगामी दिनमा सुरु हुने बताउनुभयो ।
उहाँले एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट पार्टीको मुल्य, मान्यता नै नबोकेको कारण उनीहरुबीच हुने भनीएको एकता वाम एकता नभएर दक्षिणपन्थीहरुको एकता हुने दावि गर्नुभयो । ‘‘ उनीहरुले आफुलाई वामपन्थी भन्नु राजनैतिक ठगी हुन्छ, यो अबसरबादीहरुको एकता हो, उनीहरुको एकता न वाम एकता हुन सक्छ, नत एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान नै’’–नेता गजुरेलले भन्नुभयो ।
कम्युनिष्ट आदर्शलाई त्यागेकाहरुले कम्युनिष्ट आन्दोलनको अगुवाई गर्न नसक्ने टिप्पणी गर्दै उहाँले तीन दलबिच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने दावि गर्नुभयो । उहाँले नेकपा माओवादी क्रान्तिकारी, विप्लप नेतृत्वको नेकपा लगायतका सच्चा कम्युनिष्टहरुबिच मोर्चाबन्दि र धु्रवीकरणको लागि आबश्यक प्रयास सुरु भएको समेत बताउनुभयो । सक्तामा काँग्रेससंग बस्ने र निर्वाचनमा एमालेसंग तालमेल गर्ने गरि माओवादीले दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै नेता गजुरेलले यस्तो प्रवृतिले राजनितीलाई फोहोरी बनाउने उल्लेख गर्नुभयो ।