म्याग्दी समाचार
गलेश्वरधाममा एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी ०८ साउन । म्याग्दीको धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध तीर्थस्थल मानिएको गलेश्वरधाममा साउने सोमबारका दिन एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन गरी सहयोग गरेको छ । पुजा गर्न आउने भक्तजनको भिडलाई लक्षित गरी ३० जनाको टोली परिचालन गरिएको क्लवले जनाएको छ । सामाज रुपान्तरणमा युवाको भुमिका भन्ने मुल नारा सहित... पुरा पढ्नुहोस
पाखापानीकी पारमायाँले अस्पतालबाटै गरिन जिवनरक्षाको अपिल
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमायाँ पाईजाले आफ्नो जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि यस्तो याचना गरेकी हुन् । बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत... पुरा पढ्नुहोस
पहिरोले चार वटा खच्चड मरे
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ९ साउन ।म्याग्दीको धौलागिरी गाउँपालिका–३ र ४ को सिमाक्षेत्रमा पर्ने सिनबाङ भन्ने ठाउँमा पहिरो जाँदा चार वटा खच्चड मरेका छन् । सोमबार विहान बाटो माथिबाट खसेको पहिरोले मुदीका बिरबहादुर विकका चरण क्षेत्रमा लैजाँदै गरेका चार वटा खच्चड मरेको बुद्धिविकास मावि मुदिका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।विकले ७ वटा... पुरा पढ्नुहोस
एनआरएनए बेलायतको अध्यक्षमा म्याग्देली योगकुमार फगामीको उम्मेदवारी घोषणा
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा जन्मिएर हाल बेलायतलाई कर्मथलो बनाउँदै आउनुभएका योग कुमार फगामीले गैर आवासिय नेपाली संघ( एनआरएनए) बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतवार बेलायतमा एक कार्यक्रम आयोजना गरि फगामीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए बेलायतको... पुरा पढ्नुहोस
सोमबार गलेश्वरधाममा भक्तजनको चहलपहल
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ८ साउन । धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध स्थल मानिएको म्याग्दीको गलेश्वरधाममा साउने सोमबारका दिन दर्शन गर्ने भक्तजनहरु बढेका छन् । गलेश्वरधाममा हरेक बर्ष जस्तै साउनमा पर्ने ५ ओटा सोमबार भगवान शिवको दर्शन गर्नाले भक्तजनले मनले मागेको प्राप्त हुने विश्वासले साउने सोमबार भक्तजनको संख्या बढेको हो । अलौकिक विशाल चक्रमा... पुरा पढ्नुहोस
बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालीकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत... पुरा पढ्नुहोस
ग्वालीचौर जीप दुर्घटनामा ४ जनाको मृत्यु, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
बागलुङ, ९ साउन । बडीगाड गाउँपालिका–५ ग्वालीचौर जीप दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । दृर्घटनामा परि वै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । सोमबार विहान भएको दुर्घटनामा ४ जनाको घटना स्थालमै मृत्युभएको थियो भने ६ जना घाईते भएका िथिए । उनीहरु सबैलाई थप उपचारको... पुरा पढ्नुहोस
ख्वाङ्जु भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी
- 8 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ९ साउन । कोरियामा सम्पन्न भएको ख्वाङ्जु समाजको आयोजनामा भएको भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी भएको छ । फाईनलमा ख्वाङ्जु समाज लाई पराजित गर्दै दक्षिण कोरियामा रहेका म्याग्देलिहरुको टिम मोना कोरिया बिजयी हुन सफल भएको हो । यस अघि मोना कोरियाले मोक्पो भलिबल टिम र वाइजिवान् भलिबल टिमसमाज लाइ... पुरा पढ्नुहोस
जलथलेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडकमा दुई दिनपछि सिधा सवारी
- 8 बर्ष, 1 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड दुई दिनपछि सुचारु भएको छ । सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण यस सडकमा दुई दिनदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । बर्षाको कारण अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा माथिबाट खसेको पहिरो दुबै तर्फबाट डोजर लगाएर हटाएपछि अबरुद्ध... पुरा पढ्नुहोस
एनआरएनए हङकङको अध्यक्षमा म्याग्दीकी टीका गुरुङ निर्विरोध
- 8 बर्ष, 1 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी... पुरा पढ्नुहोस