तातोपानीमा बाथरोगको निः शुल्क स्वास्थ्य शिविर
- २१ आश्विन २०७४, शनिबार
- 2953 पटक पढिएको
म्याग्दी, २१ असोज । बेनी नगरपालिका–४ तातोपानी स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजनामा शनिबार निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सञ्चालीत १ दिने स्वास्थ्य शिविरमा नेशनल बाथरोग सेन्टर पोखरा शाखाका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा १ सय २७ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएकोमा ३८ जनामा बाथरोग निक्र्योलसम्बन्धी रगतको चेकजाँच गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो । यसैगरी ३० जनाको व्लड सुगरको समेत जाँच गरिएको छ । साथै बिरामीहरुलाई आवश्यक पर्ने ओैषधी नेशनल बाथरोग सेन्टर पोखरा शाखाको तर्फबाट निःशुल्क रुपमा वितरण गरिएको सचिव केसीले बताउनुभयो ।
शिविरमा ल्याएर बाँकी रहेको झन्डै २० हजार बराबरको ओैषधीहरु सिङ्गा स्वास्थ्यचोैकीलाई हस्तान्तरण गरिएको थियो । कुण्डमा स्नान गर्न आउने बिरामीहरुलाई लक्षित गरी कुण्डले समयसमयमा शिविरलगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । पछिल्लो समय कुण्डमा बिरामीको चाप बढ्दै गैरहेको छ ।