भिडियो न्युज

सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस

ट्राफिक व्यवस्थापनको निर्णय गर्ने जिम्मा नगरपालिकाको होइनः प्रनाउ राई (भिडियो सहित)

बेनी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयलाई उल्ट्याउने गरि बेनी नगरपालिका अघि बढेपछि नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनबिच मनमुटाब बढेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र म्याग्दी उद्योग बाणिज्य संघको दबाबमा नगरपालिकाले एकतर्फी यातायातको प्रवन्ध हटाएर दुईतर्फी यातायात सञ्चालन... पुरा पढ्नुहोस

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )

म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s   घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस

उकालो यात्रामा ̒̒दोहोरीको राजा’

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ । बाईसे-चौविसे राज्यको... पुरा पढ्नुहोस

दोवा गाउँको पर्यटन सम्भावना : ‘महआउने झरना, तातोपानी कुण्ड’ (भिडियो सहित)

म्याग्दी १ असोज । गुजमुज्ज मिलेर बसेको मगर समुदायको बाक्लो बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा पर्यटकीय गाउँ हो । पृष्ठभुमिमा अन्नपूर्ण हिमाल अवलोकन गर्न सकिने यस गाउँ हुदै धौलागिरि आइसफल जाने नयाँ पदमार्ग समेत पहिचान भएको छ । दोवागाउँ देखि करिब डेढ घण्टा पैदल हिडेपछि... पुरा पढ्नुहोस

संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)

कमल खत्री बेनी, ११ भदौ ।  रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा... पुरा पढ्नुहोस

“शिरफूले मायाँ” गितको भिडियो विमोचन

म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् । शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो... पुरा पढ्नुहोस

मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)

म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो । नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले... पुरा पढ्नुहोस

समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)

कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस

बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी प्रदर्शन (भिडियो)

म्याग्दी २७ फागुन । म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजारमा देशभरबाट आएका मगर विद्यार्थीहरुले झाँकी पदर्शन गरेका हुन् । https://www.youtube.com/watch?v=wy_sNm7rrLo   राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा... पुरा पढ्नुहोस