कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )
- २६ पुष २०७८, सोमबार
- 895 पटक पढिएको
म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो ।
घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र छिमेकीले फरक ब्यक्तिको परिचय दिएर घर ल्याए। ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका बुबालाई एजिनालाई खोज्दा संरक्षण गरिरहेकी अञ्जु फगामीले स्वर्गमा घर बनाउन जानु भएको भन्दै बारम्बार सम्झाउने प्रयास गरिन् । स्वर्गमा बन्दै गरेको घरको काल्पनीक कथा सुनाउँदा धेरैपटक अञ्जुको आँखा रसाएका छन्।
३ बर्षको छँदा आमाको मृत्यु भएको र ८ वर्षको उमेरमा बुबाको पनि मृत्यु भएपछि पूर्ण रूपमा बेसहारा छिन् । मानसिक र शारीरिक दुवै समस्याबाट ग्रसित आमाको मृत्युपछि केहीबर्ष बुबा समेत बेपत्ता हुदाँ एजिना लाइ आफ्नो छोरी मानेर पालेकी अञ्जुले संरक्षणको लागि आवश्यक सहयोगको याचना गरेकी छन् ।
‘मेरो पनि आर्थिक हैसियत बलियो छैन्,‘सबैको साथ र सहयोगले उनको पढाईलाई निरन्तरता दिनुपर्ने अवस्था छ’अञ्जुले भनिन्। हाल बेनीमै रहेको समाता स्कुलमा कक्षा १ मा अध्ययनरत बाहिकाको पुख्यौली सम्पत्ती समेत नभएकाले उच्च शिक्षासम्मको पढाईमा लाग्ने खर्चको आवश्यकता रहेको बताईन्।विद्यालयका शिक्षकले समेत उचित हेरचाह भएमा बालिकाको पढाई र सक्रियता निकै लोभलाग्दो रहेको बताएकाले समेत अञ्जुलाई भविस्यमा हेरचाह र शिक्षादीक्षामा हुने खर्चको चिन्ताले सताउने गरेको छ ।
मगर संघ जिल्ला समन्वय समितिकी अध्यक्ष डकमायाँ मगरले बालिकालाई सहयोगको आवश्यकता रहेको बताईन् ।बालिकाको नाममा बैंकमा खाता खोलेर आर्थिक जम्मा गरी त्यसको ब्याजबाट शिक्षादीक्षा सहित आवश्यक खर्च गर्नुपर्ने बताईन् । हिस्तानबाट स्वदेश तथा विदेशमा रहेकालाई अभियानमा साथ दिन समेत अपिल गरिएको छ। घरको ठेकेदार जंगबहादुर खत्रीले मृतकको परिवारलाई क्षर्तीपुर्ती बापत जम्मा ४ लाख दिएर उम्किएको आफन्तको गुनासो छ । निर्माणधिन अवस्थामा रहेको घरमा कार्यरत मजदुरलाई आवश्यक पर्ने न्यूनतम सुरक्षामा समेत ख्याल नगरिएको भन्दै पीडितले १० लाख क्षर्तीपुर्ती मागेका थिए । अभिभावकको मृत्युपछि बेसहारा भएकी बालिकाको संरक्षणको लागि जिल्लाका सरोकारवाला निकायले समेत बेवास्ता गरेको मृतकका आफन्तको गुनासो छ ।
थप जानकारी र सहयोगका लागि अञ्जु फगामी ९८०५१६७६७५
९८४२२८३९६२
डकमायाँ मगरः मगर संघ अध्यक्ष म्याग्दी ९८४६७२७६६५