दोवा गाउँको पर्यटन सम्भावना : ‘महआउने झरना, तातोपानी कुण्ड’ (भिडियो सहित)

  • १ आश्विन २०७८, शुक्रबार
  • 1882 पटक पढिएको

म्याग्दी १ असोज । गुजमुज्ज मिलेर बसेको मगर समुदायको बाक्लो बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा पर्यटकीय गाउँ हो । पृष्ठभुमिमा अन्नपूर्ण हिमाल अवलोकन गर्न सकिने यस गाउँ हुदै धौलागिरि आइसफल जाने नयाँ पदमार्ग समेत पहिचान भएको छ ।

दोवागाउँ देखि करिब डेढ घण्टा पैदल हिडेपछि पुगिने महआउने झरना मनमोहक र आकर्षक छ । अग्लो पहाडबाट छङछङ गर्दै खस्ने झरनाको पर्यटन बिकासका लागि दोवाबाट सडक निर्माण सुरु भएको छ । धार्मिक स्थल मणीबराहको थान रहेको दोवाको फेदीमा सेकार्कु तातोपानी अर्को पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

भिडियोमा हेरौँ दोबाको पर्यटन सम्भावना-

 

कालीगण्डकी नदी किनारमा रहेको सेकार्कु तातोपानी कुण्ड सम्म सडक पु¥याउनुका साथै मुहानको संरक्षण, पुर्बाधार निर्माण, ब्यवस्थापन र प्रचारप्रसारमा जोड दिइएको छ । परम्परागत रुपमा हुँदै आएको भेडा र बाख्रापालन समेत यहाँको पर्यटन र आर्थिक विकासको थप आधार हो । यहाँको आलु र सिमि स्वादिलो हुने भएकाले अत्यधिक माग आउने गरेको छ ।