मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)

  • ३१ चैत्र २०७७, मंगलवार
  • 1123 पटक पढिएको

म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो ।


नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियार कै रहेको छ ।

राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। गायक गायिका द्वयलाई प्रहरीको भूमिकामा पेस गरिएको भिडियो  Baba Entertainment TV  युट्युब च्यानलबाट बजारमा आएको छ । बजारमा आएको एकहप्तामा मदानीमा नेतीलाई एक लाख दर्शकले हेरिसकेका छन् ।

दहीमा जति हाले नि पानी
बन्दैन मोही नेतीले नतानी
मदानीमा नेती