भिडियो न्युज
मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७७, आईतवार
म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस
प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)
- 4 बर्ष, 2 महिना अगाडि
- ३ फाल्गुन २०७७, सोमबार
म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै... पुरा पढ्नुहोस
पाँच बर्षकी बालिकाको स्वरमा “यसपालीको दशैमा” (भिडियोसहित)
- 4 बर्ष, 7 महिना अगाडि
- ९ आश्विन २०७७, शुक्रबार
म्याग्दी, ९ असोज । ५ बर्षिय बालिका सुदिक्षा सुनारको स्वरमा यसपालीको दशै गीत म्युजिक भिडयोसहित बजारमा आएको छ । म्याग्देली कलाकारद्धारा अभिनित उक्त म्युजिक भिडियोमा अन्तरजातिय सम्वन्धमा बाधिएका जाेडिहरूकाे कथाहरुलाई समेटिएको छ । गीतमा कक्षा १ मा अध्ययनरत पर्वत भंगेरीकी ५ बर्षिय बालिका सुदिक्षा सुनार, म्याग्देली गायक बलबहादुर परियार र... पुरा पढ्नुहोस
लकडाउनमा भोकभोकै भएका गाइहरुलाइ दानाको ब्यबस्था (तस्बिर /भिडियो)
- 5 बर्ष, 1 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । कडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । https://www.youtube.com/watch?v=W60T49iuwgU मंगलबार र बुधवार २ वटा गाई... पुरा पढ्नुहोस
लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स सहयोग (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ । नविन आनन्दयोग केन्द्र शाखा गलेश्वर र गलेश्वरधाम आमा समुहले संयुक्त रुपमा विहिवार गलेश्वर बेनी बजार क्षेत्रमा खटिएका सुरक्षार्कीलाई सामाग्री सहयोग गरहेका हुन् । दिनरात नभनी लकडाउनलाई सफल बनाउन... पुरा पढ्नुहोस
बेनीको क्वारेनटाइनबाट ४ जना घर फिर्ता, अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- १८ चैत्र २०७६, मंगलवार
कमल खत्री म्याग्दी, १८ चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको क्वारेनटाइनबाट मंगलवार ४ जना घर फर्किएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामको लागि चैत १ गतेदेखि यता विदेशबाट आएकाहरु क्वारेनटाइनमा बसेकाहरुमध्ये विदेशबाट आएको १५ दिन पुगेका र स्वास्थ्यमा कोरोनाको लक्षण देखा नपरेकाहरुलाई घर फिर्ता पठाईएको हो... पुरा पढ्नुहोस
जन्मथलोमा राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई भब्य सम्मान (भिडियाेसहित )
- 5 बर्ष, 4 महिना अगाडि
- ११ पुष २०७६, शुक्रबार
म्याग्दी, ११ पुस । जन्मथलोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई भब्य सम्मान गरिएको छ । शाहीलाई रघुगंगा गाउँपालिका–३ स्थित राखु पिप्लेमा गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको ३ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष... पुरा पढ्नुहोस
नमुना मोडेल बन्दै ‘हरियाली कृषि फार्म’ ( तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- ५ पुष २०७६, शनिबार
कमल खत्री म्याग्दी ६ पुस । बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा आएको नयाँ अवधारणको ‘हरियाली कृषि फार्म’ यस क्षेत्रकै नमुना बनेको छ । लगानीकर्ता संगै कृषकहरुको समेत स्वामित्व रहने गरि कम्पनी मोडलमा सञ्चालनमा ल्याईएको यस फार्मले छोटो अबधिमै आसालाग्दो प्रगति गरेको छ । सिंगा र आँगेबगरमा १६० रोपनी जग्गामा तरकारी खेती,... पुरा पढ्नुहोस
बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)
- 5 बर्ष, 5 महिना अगाडि
- १० मंसिर २०७६, मंगलवार
कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस
गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
- 5 बर्ष, 8 महिना अगाडि
- १५ भाद्र २०७६, आईतवार
म्याग्दी, १५ भदौ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले... पुरा पढ्नुहोस