“शिरफूले मायाँ” गितको भिडियो विमोचन

  • १ बैशाख २०७८, बुधबार
  • 1840 पटक पढिएको

म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् ।


शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो । शिरफुले गित बिक्रम संम्वत २०४२ सालमा रेडियो नेपालमा बरिष्ठ लोक दोहोरी गायिका धनकुमारी थापाले रेकर्ड गरेकी थिईन । लोपोन्मुख अवस्थामा पुगेको यो गितलाई बरिष्ठ गायक थापा र बरिष्ठ गायक खड्क गर्बुजाले पुर्न गाएका हुन् । यस गितको शब्द र लय पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी संस्थापक सदस्य थापाको रहेको छ। क्रियटिभ मिडिया प्रोडक्सनबाट बजारमा आएको यो गितको भिडियो निर्देशन, छायाँक्न र सम्पादन भुपेन बानियाँले गरेका छन् ।


भिडियो छायाँकनमा मगर समुदायको कलासस्कृति छल्किने मौलिक सामाग्रीहरुको ब्यवस्थापन मगर संघ म्याग्दी र प्रतिष्ठानको जिल्ला शाखा म्याग्दीले गरेको थियो । यस भाकाको अस्तित्व बचाउन कैे पुन रेकर्ड गरिको थापाले बताईन ।


परापुर्व कालमा मगर समुदायले मेलापात, मेलापर्व र चौतारीमा गाउने सालैजो, यानिमायाँ, सुनिमायाँ, अभिजाले मायाँ, शिरफुले मायाँ, झ्याउरे लगायतका गित लोपोन्मुख अवस्थामा रहेकोले यी भाकालाई सबै मिलेर संरक्षण गनुपर्ने गायीका थापाले बताईन ।

उपमेयर बरुवालले म्याग्दीलाई चिनाउन सफल यानीमाया, चिरफुले सालैजो गित संरक्षण तथा प्रर्वद्धन र अग्रज कलाकाहरुले लोकसंगितमा दिएको योगदानलाई सम्मान गर्नुपर्ने बताउदै शिरफुले माया गितको सफलताको शुभकामना दिएकी थिईन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा म्याग्दीको आयोजनामा भएको विमोचन कार्यक्रम नयाँ बर्ष २०७८ सालको शुभकामना आदानप्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष देवेन्द्रबहादुर घिमिरेको अध्यक्षता, उपाध्यक्ष धुव्र जिसीको स्वागत, सचिव पदम विश्वकर्माको संचालनमा रहेको कार्यक्रममा भुपेन बानियाँले गितको भिडियोबारे चर्चा गरेका थिए । भने प्रतिष्ठानका सल्लाकार नेत्र महतले शिरफुले गितकोे मौलिकतालाई पुर्नजिवित गरेकोमा सष्ट्रालाई धन्यवाद दिएका थिए ।