फिचर

रघुगंगा नदीको मुहान (तस्विर)

बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान । धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु... पुरा पढ्नुहोस

युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै

म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस

‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)

बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस

हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)

बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो । दिउँद र बर्षायाम संधै सदाबहार... पुरा पढ्नुहोस

घतानको धानखेतको फाँट (तस्बिर)

बेनी २३ भदौ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौडाको धानखेतको हरियाली फाँट । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

मौवाफाँटको धानखेतको फाँट (तस्बिर)

बेनी २२ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको धानखेतको हरियाली फाँट । यहाँ प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ भने गाउँपालिकाले समेत धान पकेट क्षेत्र घोषणा गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

काउलेगौडामा व्यावसायिक केरा खेती (तस्विर)

बेनी २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा गरिएको व्यावसायिक केरा खेती । पछिल्लो समय यस क्षेत्रमा केरा खेतीको लहर चलेको छ । तस्बिर ; कमल खत्री पुरा पढ्नुहोस

सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो... पुरा पढ्नुहोस

प्रेरक सङ्घर्ष : ‘जस्को भेडीगोठमै बित्यो जीवन’ (फिचर)

कमल खत्री म्याग्दी १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडी ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा स–साना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरनक्षेत्रमा सेताम्मे देखिन्छन भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरखोला क्षेत्रमा देखिने यो दृष्य निकै रमाईलो र लोभलाग्दो देखिन्छ ।... पुरा पढ्नुहोस

मकैबारीमा बाँदर धपाउन बसेका कुकुर (तस्विर)

बेनी, १० भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा मकैबारीमा बाँदर धपाउनका लागि राखिएका कुकुर । यस क्षेत्रमा बाँदरले मकै लगायतका खाद्य बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयले मकैबारीमा कुकुरलाई राख्न थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस