राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीमा साँस्कृतिक झाँकी पदर्शन (भिडियो /तस्बिर)

बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको अवसररमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ ।

 

खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको हो । जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था, क्लब, जनप्रतिनिधि, आमा समूहहरुको सहभागीतामा बृहत साँस्कृतिक झाँकी सहितको ¥यालीले बजार परिक्रममा गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीको खुला मञ्चमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कार्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश बिच खेल हुने भएको छ ।


महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका छन् । गण्डकी प्रदेशमा ३९ बर्षपछि भएको नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगत म्याग्दीमा महिला भलिबल संगै तेक्वान्दो प्रतियोगिता समेत सञ्चालन हुँदै छ । कालिपुल स्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताको लागि समेत खेलमेदानको व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको छ ।