राष्ट्रिय महिला भलिवलमा नेपाल पुलिस क्लबको बिजयी यात्रा सुरु (भिडियो / तस्बिर सहित)

  • २८ आश्विन २०७९, शुक्रबार
  • कमल खत्री
  • 1040 पटक पढिएको

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको तेस्रो खेलमा विभागिट टिम नेपाल पुलिस क्लबले जितको यात्रा तय गरेको छ । लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै पुलिसले जितमा खाता खोलेको हो ।

पुलिसले पहिलो सेटमा २५–१०, दोस्रोमा २५–११ र तेस्रोमा २५–९ को सहज जित निकालेको हो । उक्त प्रतियोगितामा पुलिसकै लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यस अघि आजै भएको खेलमा प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमती र आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णाली प्रदेशलाई पराजीत गर्दै बिजयी यात्रा अघि बढाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l