हिमालको फेदीमा जाेखिमसंग जुध्दै भेडापालन (फोटो फिचर)

  • ७ आश्विन २०७९, शुक्रबार
  • 773 पटक पढिएको

बेनी, ७ असोज ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ र ८ को सिमा क्षेत्रमा पर्ने धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा गरिएको भेडापालन । बर्खायाममा हिमालको बुकी क्षेत्रमा पु¥याइएको भेडाहरुले हिमालको हिउँसंग मात्रै होइन पुल नभएकाले खोलानालाहरुमा पनि वारपार गर्न निकै ठुलो संघर्ष गर्नुपर्छ ।

अहिले हिमालका आधार शिविर क्षेत्रमा पु¥याइएको भेडाहरुलाई विस्तारै पहाडी क्षेत्रमा गोठ झार्न थालिएको छ । चिसो बढ्न थालेसंगै अब गोठहरुलाई पहाडी क्षेत्रमा झार्न लागिएको भेडापालन कृषक देवान छन्त्यालको भनाई छ । छन्त्यालले धौलागिरि हिमालको आधारशिविर सम्म नै पु¥याएर भेडापालन गर्दै आउनुभएको छ ।