ताजा अपडेट
नदिमा पौडी खेल्दैः
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
गर्मि बढेसंगै कालिगण्डकी नदिमा पौडी खेल्ने संख्या बढ्दै गएको छ । सामुहिक रुपमा युवाहरु मिलेर सलल बगेको चिसो कालिगण्डकी नदिमा पौडीको आनन्द लिएका छन् । युवाहरु खेलिरहेको बालबच्चाले देख्दा र नदीमा खेल्न खोज्दा अर्को दुर्घटना हुन सक्छ समयमै सचेत हुन आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री बेनी पुरा पढ्नुहोस
मुस्ताङकाे स्याङमा व्यवसायिक गाईपालन
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
मुस्ताङ,चैत्र ,१३। मुस्ताङ सदरमुकाम जोमसोमदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको घरप ३ स्याङ गाउँका किसान व्यवसायिक गाईपालनतर्फ जुटेका छन् । धार्मिक तथा पर्यटकिय जिल्ला भएपनि स्याङ वस्ती व्यवसायिक दृष्ट्रिले ओझेल छ । स्याङमा अधिकाँश किसान कृषि तथा पशुपालन व्यवसायमा आत्मनिर्भर देखिन्छ । खेतीवालीका लागि चाहिने अर्गानिक मलको पूर्ति गर्ने र दुध... पुरा पढ्नुहोस
म्याग्दीकी पुन सामाजिक विकास मन्त्रीमा नियुक्त, यस्तो छ पुनको संघर्षको यात्रा
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
म्याग्दी, १३ चैत । म्याग्दीको प्रदेश सभा ख बाट बिजयी भएकी महिला नेतृ नरदेवी पुन प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रीपरिषदलाई पूर्णता दिँदै मन्त्रीमण्डल विस्तारमा म्याग्दीकी प्रदेश साँसद पुनलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । पुनसंगै पर्वतका विकास लम्साल... पुरा पढ्नुहोस
लिटल गार्डेनकी छात्रा परियार प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्धितीय
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
म्याग्दी, १३ चैत । बेनीको लिटल गार्डेन एकेडेमीकी छात्रा अमीसा परियार प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा द्धितीय भएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित क्षेत्रीय कार्यालयले गरेको प्रतियोगितामा लिटील गार्डेनको कक्षा १० मा अध्ययनरत छात्रा परियार द्धितीय भएकी हुन् । कार्यालयले गत माघमा कक्षा १२ सम्म अध्ययन गर्ने... पुरा पढ्नुहोस
सुत्केरी छात्रा एसईईमा सहभागी
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
म्याग्दी १३ चैत । माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महा महोत्सव सम्पन्न
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
बेनी, १२ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सोमबार श्रीमद् भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सवको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । अध्यक्ष... पुरा पढ्नुहोस
कार्यसम्पादनमा सहजता ल्याउन जनप्रतिनिधि र कर्मचारीलाई तालीम
- 7 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७४, मंगलवार
मुना, १२ चैत । स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले धौलागिरी गाउँपालीकाको केन्द्र मुनामा सोमबार देखि जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालीम सुरु भएको छ । धौलागिरी गाउँपालीकाको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि, वडाका सचिव र विषयगत शाखाका कर्मचारीहरुको सहभागीता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय... पुरा पढ्नुहोस
म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला... पुरा पढ्नुहोस
रानीपौवामा चैतेदशैँ मेला सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने
- 7 बर्ष, 2 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास... पुरा पढ्नुहोस