बालबालिकालाई शैक्षिक सामाग्री वितरण सुरु
- १४ जेष्ठ २०७५, सोमबार
- 2311 पटक पढिएको
बेनी १४ जेठ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाले लक्षित बालबालिकालाई चालु शैक्षिक सत्र २०७५ को शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेको छ ।
धौलागिरी गाउँपालिका ३ मुना स्थित धौलागिरी आधारभुत विद्यालयबाट स्पोन्सर बालबालिकालाई कपी, कलम, पेन्सील, ईलेजर, कटर, झोला, जुत्ता, मोजा, स्वीटर र विद्यालय पोशाक वितरण कार्य सुरु भएको हो ।
गुड नेवर्स ईन्टरनेशनलका जिल्ला संयोजक राजेन्द्र लोहार, परियोजना व्यवस्थापन समितिका अध्यक्ष प्रेम छन्त्याल, स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जिवी रेग्मी र सामाजिक परिचालक रवीना पुनको टोलीले १२ जना बालबालिकालाई सामाग्री वितरण गरेको थियो ।
धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा विद्यालयमा लागु भएको परियोजनाले १८ वर्ष कम उमेरका एक हजार १४१ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने जनाएको छ । दुर्गम, ग्रामिण, बिकट क्षेत्रका गरिब, विपन्न, दलित समुदायका बालबालिकाको विद्यालयमा नियमित उपस्थिती गराउने, टिकाई राख्न, सिकाई उपलब्धी बढाउन र विद्यालय छाड्ने दर घटाउन शैक्षिक सामाग्रीवितरण गरिएको शिक्षा विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।