सामुदायिक बनद्धारा विद्यालयलाई रु ५० हजार सहयोग
- १५ जेष्ठ २०७५, मंगलवार
- 2617 पटक पढिएको
बेनी १५ जेठ । बेनी नगरपालिका–२ खवरामा रहेको हंशबाहीनी आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय भसभसे सामुदायिक बन उपभोत्ता समितिले विद्यालयको शैक्षिक विकासको लागि रु ५० हजार सहयोग प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनारायण घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्रोत व्यक्ति दुर्गाराम सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि सरकारी र सरोकारवाला निकायबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भसभसे सामुदायिक बन उपभोक्ताका उपाध्यक्ष गणेश कुँभर, सचिब ईश्वर सापकोटाले मन्तव्य राख्नुभएको थियो भने स्वागत प्रअ हृदयकुमार श्रेष्ठ र सञ्चालन मुक्ति शर्माले गर्नुभएको थियो ।
उक्त अबसरमा विद्यालयले ९ जना दलित बालबालिका र अन्य १५ जना बालबालिकाहरुलाई जनही नगद रु ४ सयको दरले छात्राबृत्ति प्रदान गरेको थियो ।