फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन पहल

  • १५ जेष्ठ २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 1867 पटक पढिएको

बेनी १५ जेठ । जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयबासीले पहल थालेका छन् । हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, ग्रामिण बस्तीको मनमोहक दृष्य अवलोकनगर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीयबासीले पूर्वाधार निर्माण, प्रचारप्रसार सुरु गरेका छन् ।

प्रशस्त पर्यटकीय सम्भावना भएपनी पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि दुई हजार ४१५ मिटरको उचाईमा अवस्थित फलामेडाँडाबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामिण बस्तीहरुको रमणीय दृष्य अवलोकनगर्न सकिन्छ ।

फलामेडाँडालाई भ्यु टावरको रुपमा विकास गर्ने योजना रहेको लोप्रेका युवा पुर्खबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको पचास हजार रुपैया सहयोगमा यस वर्ष ५४ मिटर ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण भएको छ । ४२ मिटर ईस्टीमेट भएपनी १२ मिटर बढी पदमार्ग निर्माण गरिएको पुनले बताउनुभयो ।

पदमार्ग निर्माणका लागि लोप्रेका ६५ घरधुरीले दुई दिनका दरले श्रमदान गरेकाथिए । भ्यु टावर, होटल तथालज सञ्चालन, सडकको स्तरोन्नतीका लागि गाउँपालिकामा पहल गरिएको छ । बेनी मल्लाज, बाँसखर्क, नांगी, शालीजा भएर पुग्न सकिने फलामेडाँडालाई करबाकेली ईको टे«कमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

सन्तोष गौतम