ताजा अपडेट

मंगला– ३ बरंजामा हेलिप्याड निर्माण

म्याग्दी, २८ फागुन । म्याग्दीको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेलीकप्टर अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारण अनुसार गाउँपालिका र... पुरा पढ्नुहोस

म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

सन्तोष गौतम बेनी २८ फागुन । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत विहिवार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्याउने निर्णय गरेको हो । कृषि, पशुपालन,... पुरा पढ्नुहोस

पर्यटकीय स्थल ‘बेलढुङ्गा’को विकासमा अन्तरजिल्ला सहकार्य

म्याग्दी, २८ फागुन । म्याग्दी र बागलुङ जिल्लाको सीमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमामा अवस्थित रहेको ‘प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा समेत परिचित बेलढुङ्गासहित आसपासका पर्यटकीय... पुरा पढ्नुहोस

चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)

कमल खत्री म्याग्दी, २७ फागुन ।  कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ । चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ... पुरा पढ्नुहोस

महारानीथानमा स¥यो माउण्ट एभरेष्ट आवसिय मावि : राष्ट्रिय प्रतियोगितामा छनोट भएका ६ खेलाडीलाई सम्मान

म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीको शिक्षामार्ग र हिलसाईडबाट संचालन भएको माउण्ट एभरेष्ट आवसिय विद्यालय आजदेखि सदरमुकाम बेनी नजिक माहारानीथानस्थित नवनिर्भित भवनमा सरेको छ । नयाँ ब्यवस्थापनसहित स्वच्छ र खुल्ला वातावरणमा निर्माण गरिएको भौतिक संरचनामा पठनपाठन सुरु गर्न विद्यालय सारिएको हो । पठनपाठन सुरु गर्ने नवनिर्भित भवनलाई जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस

लिटल गार्डेन विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण

म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्थ परिक्षण गरेको छ । लिटल गार्डेन मन्टेश्वरीको आयोजनामा सोमबार पेले ग्रुपदेखि ३ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पेले ग्रुप, मन्टेश्वरी तथा १, २ र ३ मा अध्ययन गर्ने ३ सय जना बालबालिकाहरुको उमेर... पुरा पढ्नुहोस

काँग्रेस सभापति देउवाद्धारा मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास

सन्तोष गौतम मोहनचोक २७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जलजला गाउँपालिका ४ मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास गर्नुभएको छ । मल्लाजका अगुवा स्वर्गीय मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काँग्रेस जलजला गाउँपालिकाले निर्माण गर्न लागेको भवनको सभापति देउवाले एक समारोहका बीच शिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि मल्लका... पुरा पढ्नुहोस

बसन्त, रबि र जुना श्रीसको ‘जाम सुस्तै’ चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी, २७ फागुन । नेपाली साँगेतिक बजारमा यसै साता सार्वजनिक भएको मौलिक लोकदोहोरी भाका ‘जाम सुस्तै’ले चर्चा बटुलेको छ । मायाँ प्रेममा आधारित मौलिक भाका र रोचक म्युजिक भिडियो सहित बजारमा ल्याईएको सो गीत अहिले आम नेपालीको जनजिब्रोमा बसेको छ । https://www.youtube.com/watch?v=HIAbtKaWmIU गीत सार्वजनिक भएको छोटो समयमै लाखौँ भ्युज पाएको... पुरा पढ्नुहोस

अदालतमा पेशी सर्दा सेवाग्राहीलाई सकस !

म्याग्दी, २६ फागुन । जिल्ला अदालत म्याग्दीमा मंसीर २१ गते मंगलवारको दिन ६ वटा मुद्धाको पेशी थियो । तर मुद्दाको अन्तिम निर्णय गर्ने अधिकार प्राप्त न्यायाधीश अनुपस्थित भएपछि कुनैपनि मुद्धामा वहश नै सुरु नभईकन पेशी सरेको छ । मंगलवार जिल्ला अदालतको पेशीमा जबरजस्ती करणी, गाइ गोरु मारेको, पालन पोषण खर्च... पुरा पढ्नुहोस

मुस्ताङका हिमपात पिडित कृषकलाई राहतको माग

बेनी २६ फागुन । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको... पुरा पढ्नुहोस