गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको सार्वजनिक (भिडियाे सहित)

  • १७ चैत्र २०७५, आईतवार
  • 2937 पटक पढिएको

चैत १७ बागलुङ । बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको गीती एल्वम सार्वजनिक भएको छ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरु गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गा र वडा नं १० पाण्डवखानीको सिद्वथानमा गीतको छायाङ्कन गरिएको थियो ।

पर्यटकीय स्थलहरुको गीत संगीतको भिडियो मार्फत प्रचार प्रसार गरि पर्यटन क्षेत्रमा टेवा पुगोस भन्ने उद्येश्यले राजधानी देखि टाढा सुटिङ युनिटको व्यवस्थापन गरि छायाङ्कन गरिएको लोक दोहोरी गायक विष्णु खत्रीले जानकारी दिनुभयो । पर्यटकीय स्थल राम्चे ढुङ्गाबाट पहिलो पटक गत असोजमा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको थियो भनें पाण्डवखानी सिद्वथानमा पर्यटकलाई लक्षित गरि होम स्टे सञ्चालन गरिएको छ ।

नेपालको भौगोलिक परिवेश र गाउॅमा डोजरले खनेको कच्ची बाटोको अवस्था, आफनो प्रेमीका सॅग भेटने अवसर सॅगै सडकको कारण भेटन सहजता भएको लगायतको कथा वस्तु गीतमा प्रस्तुत गरिएको छ । उत्कृष्ट शब्द अनि लय सहित गायक विष्णु खत्रीको आफनै युट्युव च्यानल मार्फत गीत सार्वजनिक भएको छ। यसो त खत्रीका सबै गीतहरुले आम श्रोत दर्शकको मन जित्न सफल भएका छन । गीतमा लोक तथा दोहोरी गायक विष्णु खत्री र चिनु घर्ति मगरको आवाज रहेको छ भने गीतमा शब्द तथा लय गायक खत्रीकै रहेको छ ।

माया प्रेममा आधारित गीतमा चर्चित मोडल साया भण्डारी र युवा उद्यमी तथा समाजसेवी तुलविर थापाले अभिनय गरेका छन । गीतको भिडियो निर्देशन चर्चित निर्देशक दिलिप रेग्मीले गरेका छन । गीत युट्युवमा सार्वजनिक भएपछि आम लोकदोहोरी प्रेमी श्रोता दर्शकको मन जित्ने सम्पुर्ण युनिटले अपेक्षा गरेको छ ।