ताजा अपडेट

पाँच वटा सहकारी संस्थाको एकिकरण

सन्ताेष गाैतम दरवाङ २६ फागुन । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु आइतबार एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच एकिकरण भएको हो । दरबाङमा भएको एकिकृत साधारणसभाबाट... पुरा पढ्नुहोस

मोना कुवेतको अध्यक्षमा विश्वकर्मा चयन

म्याग्दी २६ फागुन ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा प्रेम बहादुर विश्वकर्मा चयन हुनुभएको छ । मोना कुवेतको प्रथम अधिबेशनबाट बिश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट छ मानार्थ सल्लाहकारमा ज्ञानेन्द्र शर्मा, सल्लाहकारहरुमा नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र... पुरा पढ्नुहोस

कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त

  म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् । जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान,... पुरा पढ्नुहोस

सरकार र सिके राउत बिचको वार्ता सकरात्मक, जनमत संग्रह हुन सक्दैन : सभापति देउवा (भिडियो सहित)

बेनी, २६ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकरात्मक रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समुहलाई मुलुकको अखण्डतालाई स्विकार गरि शान्तिपूर्ण बाटोबाट मुलधारमा ल्याउनुु राम्रो पक्ष रहेको... पुरा पढ्नुहोस

सरकारका गलत काम विरुद्ध आन्दोलनः सभापती देउवा ( फाेटाेफिचर )

म्याग्दी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार जनताका अधिकार र प्रजातन्त्र मास्न उद्धत रहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले आफ्नो एक बर्ष समय पूर्ण रुपमा खेर फालेको बताउदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने सरकारले चालबाजी रचेको बताउनुभयो । https://www.youtube.com/watch?v=FUJJEwVkBLE&t=565s नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपी... पुरा पढ्नुहोस

कांग्रेस नेता देउवा र पौडेलले मारे तातोपानीमा डुबुल्की

म्याग्दी, २५ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्नान गर्नुभएको छ । म्याग्दी, बागलुङ र पर्वतमा पार्टीको कामको शिलसिलामा आउनुभएका नेताद्धयले शनिवरा म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको हो । हेलिकप्टरमार्फत म्याग्दी... पुरा पढ्नुहोस

नेपाली काँग्रेस म्याग्दीद्धारा निर्मित विपि स्मृति भवन काँग्रेस सभापती देउवाद्धारा उद्घाटन (फोटो फिचर)

कमल खत्री बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । संगमचोकमा निर्मित भवनको नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले शनिवार उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा प्यानर अनावरण समेत गर्नुभयो । नेपाली काँग्रेस... पुरा पढ्नुहोस

बेनीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता बेनीमा

बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीले बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली काँग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

काँग्रेस सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा, तातोपानी कुण्डको अवलोकन

बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु शनिवार म्याग्दी आउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आम सभालाई सम्बोधन गर्नको लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र... पुरा पढ्नुहोस

कालीगण्डकी प्रशारण लाइनलाई कटान आदेश

सन्तोष गौतम बेनी २५ फागुन । कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माणका लागि म्याग्दी खण्डमा रुख काट्ने कानुनी बाटो खुलेको छ । मन्त्री परिषद्को २०७४ पुष १३ गते को बैठकले गरेको वन क्षेत्रको जग्गा उपभोग गर्न दिने निर्णय एक वर्षपछि कार्यान्वयन भएको हो । म्याग्दी र... पुरा पढ्नुहोस