ताजा अपडेट

व्यवहारिक शिक्षाको लागि ‘विद्यार्थि र शिक्षक संगसंगै फिल्डमा’

म्याग्दी १८ साउन । पछिल्लो समय बालबालिका किताबि ज्ञानमा मात्रै सिमित हुने र व्यवहारिक शिक्षाबाट बाहिरै रहने समस्या बढिरहेको समयमा बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले भने विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउन थालेको छ । दैनिक जिवनयापनका बस्तु तथा सामाग्रीमा समेत बालबालिका अनविज्ञता हुने समस्या हटाउन कक्षागत रुपमा फिल्ड भिजिट गराउन... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा १५ दिनदेखि फसेको गोरुको युवाहरुले गरे उद्धार ( भिडियो सहित)

म्याग्दी, १८ साउन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा बिगत १५ दिनदेखि फसेर अल्पत्र परेको गोरुको उद्धार गरिएको छ । नदीले बगाएर कालिगण्डकी नदीको किनारमा कतैपनि जान नसक्ने ठाउँमा अल्पत्र परेको गोरुको दुई सातापनि म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

  दरवाङ १७ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग... पुरा पढ्नुहोस

ठुला सडक योजनामा देखिएको ढिलासुस्ती हटाउन ताकेता

म्याग्दी १७ साउन ।  म्याग्दीमा सञ्चालित पूर्वाधार विकास योजनाहरुमा देखिएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायिहरुलाई ताकेता गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित योजना र कालिगण्डकी करीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत म्याग्दी खण्डमा सञ्चालित योजनाको सन्दर्भमा सरोकारवालाहरुबिच बृहत छलफल गरिएको छ ।  ... पुरा पढ्नुहोस

अपडेटः अख्तियारको छापापछि कस्ले काट्यो स्वास्थ्य कार्यालयमा ताला ?

म्याग्दी, १७ साउन । पेश्की फछ्र्यौट गर्ने बाहनामा कर्मचारीबाटै घुस रकम लिँदा लिँदै चार कर्मचारी पक्राउ पछि सुनसान बनेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा फेरी नयाँ तरंग बाहिरीएको छ । कार्यालय प्रमुख सहित चार कर्मचारीलाई घुस रकम सहित पक्राउ गरि अख्तियारले नियन्त्रणमा लिएको केही दिनमै स्वास्थ्य कार्यालयमा ‘ताला काटीएको’ बिषयले नयाँ... पुरा पढ्नुहोस

लुलाङमा सिलाई कटाइ तालिम सम्पन्न

बेनी १७ साउन । धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना... पुरा पढ्नुहोस

स्थानीय जातका कुखुराको ब्यवसायिक पालन

बेनी १७ साउन । उन्नत र नश्ल सुधार गरिएका कुखुरापालनप्रती बढेको आकर्षणका कारण म्याग्दीमा स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका छन् । आयात गरिएका ब्रोइलर र कोइलर जातका कुखुराको मासु गाउँ गाउँमा पुग्न थालेको छ । सस्तोमा पाइने भएपछि सर्वसाधारणले घरमा पाल्नु भन्दा पसलबाट मासु किनेर खाने चलन बढेको... पुरा पढ्नुहोस

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

  म्याग्दी १६ साउन । मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको... पुरा पढ्नुहोस

ज्यामरुकोटको एनसेल टावरमा आगजनी

म्याग्दी १६ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर... पुरा पढ्नुहोस