लिटील गार्डेनको रथयात्रा

  • ८ भाद्र २०७६, आईतवार
  • 1513 पटक पढिएको

बेनी नगरपालीका–८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो ।


बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रिन्सीपल खुमबहादुर केसीले बताउनुभयो । विद्यार्थी, शिक्षक, शिक्षिका, सञ्चालक र अभिभावकहरुको सहभागीतामा रथयात्रा गरिएको थियो । पुर्व प्राथमिक तहको भवनबाट सुरु भएको रथयात्रा अस्पतालचोक, शिक्षामार्ग, क्याम्पसचोक, न्युरोड, गणतान्त्रीक चोक, बालमन्दिरचोक, संगमचोक हुदै गणेशटोल स्थित मावि तहको भवनमा पुगेर समापन गरिएको थियो ।


लिटिल गार्डेनले विगत पाँच वर्षयता श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बेनीमा रथयात्रा गर्दै आएको छ । यसैगरी विश्व वातावरण दिवसको अवसरमा तिन वर्षयता म्याग्दी र कालीगण्डकी नदी किनारमा सरसफाई समेत गर्दै आएको संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो । यसै गरी श्रीकृष्ण जन्मअष्टमी पर्वको अवसरमा न्यु वेष्ट पोइन्ट आवासीय मावि र माउन्ट एभरेष्ट आवासीय माविको मन्टेश्वरी ब्लकमा पनि धार्मिक कार्यक्रम भएको छ ।