लिटल गाडेन एकेडेमीमा “तारामण्डल” प्रर्दशन

  • ८ भाद्र २०७६, आईतवार
  • धिरन खत्री
  • 1794 पटक पढिएको

म्याग्दी, ८ भदौँ । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउन तारामण्डल प्रर्दशन गरिएको हो ।


विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले खगोल शास्त्रको अम्यास, सुर्यग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनै समय लामो कुनै समय छोटो किन हुन्छबारे विद्यार्थी, शिक्षकलाई अभ्यासपुर्ण रुपमा प्रत्यक्ष देखाएका थिए ।
कक्षा ४ देखि विधार्थीले विज्ञानको अध्ययन गर्ने हुदाँ पढेको कुरालाई प्रत्यक्ष देख्ने र सिकेको ज्ञानलाई विश्वासिलो दिलाउन तारामण्डल प्रर्दशन गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले जानकारी दिए ।
३६० डिग्रि डिजिटल तारामण्डलको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश अवलोकन, सुर्य अवलोकन, अन्तरिक्ष विज्ञानसहितको मनोरञ्जन विद्यार्थीलाई देखाइएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l