म्याग्दी अनलाइनका संयोजक छन्त्याललाई मलम्पारमा सम्मान ( तस्बिर सहित)

  • ८ भाद्र २०७६, आईतवार
  • 3313 पटक पढिएको

म्याग्दी ८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारमा रहेको नमुना आमा समुहले म्याग्दी अनलाईनका संयोजक देवान (हिमबहादुर) छन्त्याललाई भव्य सम्मान गरेका छन् । गाउँका हरेक सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको र सञ्चार क्षेत्र मार्फत मलम्पार क्षेत्रको प्रचार प्रसार र समस्या उजागरमा योगदान पु¥याएको भन्दै आमा समुहले पुख्यौली कला संस्कृति प्रदर्शन सहित छन्त्याललाई भव्य सम्मान गरेका हुन् ।


मल्कबाङ घर भएर पोखरा बसोबास गर्दै आएका छन्त्यालको मलम्पार मामावली गाउँ समेत हो । सञ्चार क्षेत्रसंगै लामो समय वैदेशिक रोजगारिमा रहेका छन्त्याल स्वदेश फर्किएर पुख्र्यौली व्यवसाय भेडाबाख्रा पालनमै सक्रिय भएका छन् । छन्त्याललाई आमा समुहका अध्यक्ष खिमा छन्त्याल लगायत पदाधिकारी र सदस्यहरुले खादा, माला र अविर लगाएर भव्य सम्मान गरेका थिए । सो अवसरमा छन्त्याल समुदायको पुख्र्यौली नृत्य समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य खिमबहादुर छन्त्याल, समाजसेवी धनप्रसाद छन्त्याल, चन्द्रप्रसाद छन्त्याल, कामिलाल छन्त्याल, रुप छन्त्याल आमा समुहका अध्यक्ष खिममायाँ छन्त्याल, सचिब अनिता छन्त्याल लगायतले भौगोलिक रुपमा विकट रहेको मलम्पार क्षेत्रको समस्याहरुलाई सञ्चार क्षेत्र मार्फत थप उजागर गर्न आग्रह गरेका थिए । गाउँमा खानेपानीको अभाव, खोला र खोल्साहरुमा वारपारको लागि पुलको अभाब, पदमार्ग लगायतको समस्या रहेको उनीहरुको भनाई थियो ।


छन्त्याल समुदायको बाहुल्यता रहेको मलम्पार गाउँ हूँदै धवलागिरी पदमार्गको सिङ्कोसबगर समेत जोडिने भएकाले ओझेलमा परेको गाउँको सम्भावना तथा विकासका पूर्वाधारहरुको अभाबबारे सम्बन्धित निकायको ध्यान जानुपर्ने सम्मानित भएका सञ्चारकर्मी छन्त्यालले बताए । उनले गाउँको विकास र सामाजिक सुधारको लागि स्वदेश तथा विदेशमा रहेका सबै स्थानीयबासीहरुबिचमा सहकार्य तथा सरकारी तवरबाट उल्लेख्य ध्यान दिन आबश्यक रहेको समेत बताए ।