रुइसेमा बाह्य पर्यटकको आगमन (फोटो फिचर)

  • ८ भाद्र २०७६, आईतवार
  • 2070 पटक पढिएको

म्याग्दी ८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेमा बाह्य पर्यटकहरुको समेत आगमन सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुईसेको थापाकोटमा भ्यु टावर लगायतका पर्यटन पूर्वाधार निर्माण भएसंगै पर्यटकहरुको आगमन समेत सुरु भएको हो ।


यो साता अर्जेण्टीनाका एक पर्यटकहरुको समुहले रुईसे क्षेत्रको भ्रमण गरेका छन् । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएसंगै यो क्षेत्रमा पुग्ने पर्यटहरुको सख्या बढेको छ । सयस क्षेत्रमा भ्युटावर, संगै पदमार्ग र तालिम हल, पिकनिक स्पोर्ट, भेडिओढारमा रेलिङ लगायतको पुर्वाधार निर्माण गरिएको छ ।


समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल ढुंगालाई चारैतिर घेराबार गरिएको छ। रुइसेदेखि आधा घण्टा उकालो हिडेपछि पुगिने भेडिओढारमा पर्यटक सुरक्षाका लागि रेलिङले घेराबार र जस्तापाताले छाएर विश्रामस्थल बनाइएको छ । रघुगंगा गाउँपालिकाले रुइसेमा भ्यू टावर निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा ३० लाख रुपैयाँ लगानी गरेको छ। रुइसेको फेदीदेखि भ्यू टावरसम्मको उकालो बाटोमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा २०० मिटर पक्की र ११५ मिटर ढुंगे सिढीसहितको पदमार्ग निर्माण गरिएको छ।


रुइसेमा निर्माण गरिएको भ्यु टावर र होटल सञ्चालनको लागि गाउँपालिकालले सार्वजनिक सुचना प्रकाशन गरिसकेको छ ।
रुइसे पुग्ने पर्यटकले ऐतिहासिक भगवति कोत मन्दिर, नौलीबराह ताल र भेडिओडारको पनि अवलोकन गर्न सक्छन् । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमालको दृष्य देखिन्छ ।