रामदाम कल्याण केन्द्रद्धारा मृगौलापिडितलाई सहयोग

  • ९ भाद्र २०७६, सोमबार
  • 1783 पटक पढिएको

बेनी, ९ भदौ । रामदाम कल्याण केन्द्र म्याग्दीले बागलुङका मृगौला पिडित रेशमबहादुर विश्वकर्माको उपचारका लागि आइतबार आर्थिक सहयोग गरेको छ । बिर अस्पताल काठमाडौमा मृगौला प्रत्यारोपणको तयारी गरेका विश्वकर्मालाई केन्द्रले बेनीमा घरदैलो गरेर संकलन गरेको ३७ हजार ९५५ रुपैयाँ उपलब्ध गराइएको कोषाध्यक्ष नरबहादुर रामदामले बताउनुभयो ।

केन्द्रका शाखा अध्यक्ष डेकबहादुर रामदाम (रेशम)ले रेशम बचाउ अभियान बागलुङकी संयोजक टिकाकुमारी विश्वकर्मा र रेशमका छोरा पवनलाई रकम हस्तान्तरण गर्नुभएको थियो । अभियान मार्फत रेशमबहादुरको उपचारका लागि तीन लाख पचास हजार रुपैयाँ जुटाएको विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार लामीछाने, रेशम बचाउ अभियानका सदस्य रामबहादुर विश्वकर्मा, रामदाम कल्याण केन्द्रका भिम विक, भानु रामदाम लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।