एन आई सी एशिया बैंकले ग्राहकलाई होटलमा छुट ब्यवस्था

  • ८ भाद्र २०७६, आईतवार
  • 1966 पटक पढिएको

 

म्याग्दी, ८ भदौ । एन आई सी एशिया बैंक लिमिटेडको ग्राहलाई बेनीमा संचालित दुई होटल १० देखि १५ प्रतिशत छुट ब्यवस्था गरेको छ । पर्वत वेनीमा रहेको शाखाले होटल डल्फीन, यती होटल र काली गण्डकी रिर्सोटबिच सो छुट ब्यवव्स्था गरेको हो ।


बैंकका ग्राहक यी होटलमा पुगेपछि खाना, बस्न लगायतका अन्य सुविद्या लिएमा १० देखी १५ प्रतिशत छुट पाउने छन् शाखाका प्रमुख गणेश पौडेले बताए । एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीलाई होटलमा बस्दा, खाना खादा, साथै होटलको अन्य सेवा सुविधाहरुमा सो छुट हुनेछ ।

सो ब्यवस्थाका लागि बैंकको तर्फबाट प्रबन्धक पौडेल र होटल डल्फीनका सञ्चालनक नानु श्रेष्ठ, र हरिकृष्ण श्रेष्ठ, होटल यतीका सञ्चालनक बिमला गौचन सो छुट दिने ब्यवस्थासहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
बैंकको मुलुकभर २९६ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैकका १८ लाख भन्दा बढी ग्राहक छन् ।