ताजा अपडेट
पशुपंक्षिको आहरा परिक्षण
- 5 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७६, शनिबार
बेनी २५ जेठ । म्याग्दीका कृषकहरुले पशु पंक्षिलाई खुवाउने आहराको शनिबार बेनीमा परिक्षण गरिएको छ । राष्ट्रिय पशु आहरा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाखाको घुम्ती टोलीले कुखुरा, गाईभैसी र बाख्रालाई खुवाउने आहराको नमुना परिक्षण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कृषकहरुलाई ल्याएका दानाको नमुना परिक्षण गरिएको... पुरा पढ्नुहोस
बेनीमा गजल उत्सव
- 5 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७६, शनिबार
म्याग्दी २५ जेठ । बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले गजल बाचन गरेका थिए । सल्यानका सिपी खत्री, बागलुङका राम अबिरल, स्याङ्जाका मिलन समीर,... पुरा पढ्नुहोस
सरकार सर्वसत्ताबादको बाटोमा अग्रसर : अध्यक्ष थापा
- 5 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७६, शनिबार
बेनी २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादको बाटोमा अग्रसर भएको बताउनुभएको छ ।राप्रपा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तिहाई बहुमतको आडमा संवैधानिक निकाय र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोज्नु सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको संकेत भएको बताउनुभयो । सञ्चार माध्यमसंग... पुरा पढ्नुहोस
सरकारले विकास यात्रा सुरु गरेको छ : मन्त्री थापा
- 5 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७६, शुक्रबार
म्याग्दी, २४ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले संघियता कार्यान्वयनसंगै विकास यात्रा सुरु गरेको बताएकी छन् । म्याग्दीमा क्रियाशिल पत्रकारहरुसंग भेटघाटमा मन्त्री थापाले सरकारले पहिलो बर्षमा संविधानको ऐन नियमअनुसार निर्देशिका बनाउन केन्द्रित रहेको जानकारी गराउदै आगामी बर्षदेखिनीति नियम कार्यान्वयनसंगै जनताकेन्द्रित विकास यात्रा सुरु गर्ने बताईन... पुरा पढ्नुहोस
सामुदायिक विद्यालयलाई ल्यापटप वितरण
- 5 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
भगवती २३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रबिधिको पहुँच वृद्धी गरि प्रशासनिक र शिक्षण बिधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई... पुरा पढ्नुहोस
राखुभगवतीमा निः शुल्क आखाँ रोगको उपचार शिविर सुरु
- 5 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
धिरन खत्री म्याग्दी, २३ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीस्थित भगवती स्वास्थ्य चौकीमा दूईदिने आखाँ शिविरि सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलाय अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषको आयोजना, हिमालयन आखाँ अस्पताल पोखराको सहआयोजना र रघुगंगा गाउँपालिको समन्वयमा दुईदिने आखाँ शिविर... पुरा पढ्नुहोस
सडकमा पहिरोले डोजर पुरिदा एक जना बेपत्ता
- 5 बर्ष, 8 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
म्याग्दी २३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार पहिरोले पुरिएर डोजर (एक्साभेटर) सहित एक जना वेपत्ता भएका छन् । गाउँपालिकाको केन्द्र मुना देखि मुदी गाउँ जोड्ने सडक निर्माणका क्रममा सिम्बाङको भिरमा पहिरो खस्दा वेपत्ता भएका हुन् । सडक खनिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर मुदीका ३१ वर्षीय सुविन पुन वेपत्ता... पुरा पढ्नुहोस
म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन
- 5 बर्ष, 8 महिना अगाडि
- २२ जेष्ठ २०७६, बुधबार
बेनी २२ जेठ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन थालेको छ । प्रदेशको कृषि वन प्रणालीको अध्ययन गर्न मन्त्रालयले परिचालन गरेको परामर्शदाता शान्ति निर्माण र विकासका लागि सहकार्य (प्रि–प्याड)का प्रतिनिधिहरुले बुधबार बेनीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेका छन् । जिल्ला समन्वय समितिमा भएको छलफलमा... पुरा पढ्नुहोस
पदमार्ग बनाउन जंगलमै बास
- 5 बर्ष, 8 महिना अगाडि
- २२ जेष्ठ २०७६, बुधबार
सन्तोष गौतम बेनी २२ जेठ । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतीको काम नारच्याङबासी जंगलमै बास बसेर सुरु गरेका छन् । ट्याक मात्र खोलिएको अवस्थामा रहेको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन स्तरोन्नती गर्न लागेका हुन् । एक हप्ताअघि निलगिरी... पुरा पढ्नुहोस
भोलिदेखि राखुभगवतीमा आखाँ रोगको उपचार शिविर हुने
- 5 बर्ष, 8 महिना अगाडि
- २२ जेष्ठ २०७६, बुधबार
म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर भोलिदेखि रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीको स्वास्थ्य चौकीमा तिनदिने आखाँ रोगको उपचार शिविर संचालन हुदै छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायको सहयोग रघुगंगा गाउँपालिको समन्वयमा तिनदिने आखा रोग उपचार शिविर राखिएको हो । जेठ २३, २४ र २५... पुरा पढ्नुहोस