कोषका संरक्षक सदस्य थापालाई सम्मान

  • १३ मंसिर २०७६, शुक्रबार
  • 3255 पटक पढिएको

म्याग्दी, १३ मंसिर । परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा शुक्रबार कोषका संरक्षक सदस्य धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आएका ज्ञानबहादुर थापा र सुमित्रा लिम्वु थापालाई सम्मान गरिएको छ । संस्थालाई व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोगको घोषणा गरेका थापालाई कोषको कार्यसमितिद्धारा सम्मान गरेका हुन् ।


मोना हङकङका पूर्व कोषाध्यक्ष थापाले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि रकम जुटाउन हङकङमा आयोजना गरेको कार्यक्रममा व्यक्तिगत रुपमा दूइ लाख रुपैयाको सहयोग गर्ने घोषणा गरेका थिए ।  कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सहयोगदाता थापाले बोल्दै कोषले गर्दै आएको कामलाई निरन्तरता र पारदर्शी बनाउदै अगाडी बढाउन कार्यसमितिलाई आग्रह गरेका थिए । कोषको सकारात्मक काममा सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


पत्रकार घनश्याम खड्का र पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य कोषका उपाध्यक्ष हरिकृष्ण गौतम संचालन सहसचिव सन्दिप खत्रीले गरेका थिए ।  जटिल रोगले थलिएका म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले कोषले डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान चलाएको छ । पाँच हजार ५५५ रुपैयाँ शूल्क तिरेर आठ सय जना भन्दा बढी कोषको आजिवन सदस्य बनिसकेका छन् ।