ताजा अपडेट

पर्यटकीय घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण (फोटो फिचर)

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको यस पदमार्गमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा घोडेपानीका स्थानीयले ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरेका हुन् ।   रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार... पुरा पढ्नुहोस

वातावरण दिवसको अवसरमा विद्यार्थी र शिक्षकहरुले गरे बजार सरसफाई ( फोटो फिचर)

म्याग्दी २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजार सरसफाई गरिएको छ । लिटल गार्डेन एकेडेमिले आफ्नो बार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा सरसफाई गरेको हो । यस अघि दिवसको अवसरमा बेनी बजार स्थित कालिगण्डकी करिडोर सरसफाई गर्दै आएको विद्यालयले यस बर्ष करिडोरमा बजार संरक्षणको काम निर्माणधिन... पुरा पढ्नुहोस

काफलवाली आमा ! ‘एक मानालाई सय रुपैयाँ, दिनमै ४ हजार कमाई’(भिडियो सहित)

कमल खत्री बेनी २२ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी फुलदेवी नेपालीले जंगलमा खेर गएको काफल विक्रि गर्न थाल्नुभएको छ । जंगलमा फलेको हाडे काफल टिपेर दरबाङ बजारमा ल्याएर विक्रि गर्न थालेको नेपालीले बताउनुभयो । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा काफल विक्रि गर्दै गर्नुभएकी नेपालीले एक पटकमा ५ पाथी... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा बहुमतबाट भएको निर्णय कार्यान्वयन गर्न मन्त्रालयले दियो राय

म्याग्दी २१ जेठ । बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठ र कार्यपालिका सदस्यहरुबिच विवादीत बनेको बहुमतबाट भएको निर्णय कार्यान्वयनको लागि बाटो खुलेको छ । गत जेठ ३ गते बसेको नगरपालिकाकाे कार्यपालिका बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि कार्यपालिकाका सदस्यहरुले मेयर हरिकुमार श्रेष्ठको असहमतीका बिच बहुमतबाट निर्णय गरेका थिए... पुरा पढ्नुहोस

म्याग्दीमा मनाईयो छुवाछुत मुक्त दिवसः अन्तरजातिय विवाह गरेका १५ दम्पती सम्मानीत (फोटो फिचर)

म्याग्दी २१ जेठ । म्याग्दीमा अन्तरजातिय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । १४ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । बृहत अन्र्तक्रिया एवम दिवसको अवसरमा सञ्चालन गरिएको साताव्यापि दलित शसक्तिकरण कार्यक्रमको... पुरा पढ्नुहोस

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ

काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी... पुरा पढ्नुहोस

घटना दर्ता नगर्दा अधिकार र न्यायबाट बञ्चित

  बेनी २१ जेठ । म्याग्दीका सरोकारवालाहरुले व्यक्तिगत घटना दर्ता नगर्दा हिंसामा परेका महिला र बालबालिकाहरु अधिकार तथा न्यायबाट बञ्चित हुनुपरेको बताएका छन् ।राष्ट्रिय महिला आयोगले सोमबार बेनीमा आयोजना गरेको महिला विरुद्ध हुने हिंसा, सामाजिक कुरिती, दाइजो, छाउपडी लगायत यौनजन्य दूव्यवहार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । महिला... पुरा पढ्नुहोस

बेनी नगरपालीकामा सामाजिक र आर्थिक विकास समितिको संयोजक फेरबदल

म्याग्दी, २१ जेठ । बेनी नगरपालिकाको कार्यपालिका समिति अन्तर्गत सामाजिक र आर्थिक विकास समितिको संयोजक परिर्वतन गरिएको छ । स्थानीय सरकार संचालन ऐनको नगरपालिका कार्य सम्पादन नियामावली २०७४ मा रहेर सामाजिक र आर्थिक विकास समितिको संयोजक परिवर्तन गर्दै कार्यपालिका सदस्य झलप्रसाद गौचन र गोरी दर्जीलाई संयोजकमा नियुक्त गरिएको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहलाई करिब डेढ अरब अनुदान

    बेनी २१ जेठ । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संघीय सरकारबाट करिब डेढ अरब रुपैयाँ अनुदान पाउने भएका छन् ।अर्थमन्त्रालयले सोमबार अन्तरसरकारी वित्तीय हस्तान्तरण शिर्षकमा देशभरका स्थानीय तहहरुले पाउन अनुदान बजेटको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार म्याग्दीका छ वटा स्थानीय तहहरुले वित्तीय... पुरा पढ्नुहोस

गौश्वारामा पशु स्वास्थ्य शिविर

बेनी २० जेठ । बेनी नगरपालिका–२ गौस्वाँरामा सोमबार एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरको वडा अध्यक्ष हिराबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । उहाँले कृषकहरुलाई घरदैलोमै प्राबिधिक सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताउनुभयो । दुई हजार... पुरा पढ्नुहोस